रोशन थापामगर बडीगाड २०७७ बैशाख १६ । बडीगाड गाउँपालिका वडा नं १०, दर्लिङले गरीव, विपन्न परिवारलाई खाध्यान्न वितरण गरेको छ । लकडाउनको अवधिमा मजदुरी गर्न नपाएका तथा खाद्यान्न खरिद गर्न नसकेका वडाका ५० घर परिवारलाई राहत वितरण गरिएको हो ।
आज साबिक दर्लिङ गा बि स वडा नं. ५ देखि ९ नं वडामा रहेका मजदुर, गरिब, अपाङता भएका तथा एकल रुपमा बस्दै आएका ५० परिवारलाई प्रतिपरिवार चामल ३० केजी, दाल ३ केजी, तेल २ केजी चिनि १ केजी, चाउचाउ ५ पिस, जिरा मसला १ पाउ, नुन २ केजी, एक पिस चिया, मसला एक पिस, चना १ केजी ५ केजी चिउरा, एक पिस बेसार उपलब्ध गराइएको वडा अध्यक्ष बिरेन्द्र कुमार बुढाले जानकारी दिए ।
केही दिनदेखि लगातार परिरहेको बर्षातका कारणले राहत वितरणमा केही ढिलाई भएको पनि वास्तबिक बिपन्न परिवार यसबाट लाभान्वित भएका छन । राहत पाएपछि बिपदमा सरकार रहेछ भन्ने महसुस गरेको स्थानिय ले बताउनुभयो । बिपत्तिका बेला स्थानिय सरकारले जनातालाई भोकै मर्न नदिने र वडा भित्रका निम्न वर्गका खान समस्या भएका सम्पुर्ण वडाबासीलाई अध्यक्ष बुढाले सम्र्पक गर्न आग्रह गरे । राहत वितरण वडा अध्यक्ष सहित जनप्रतिनिधि, स्थानिय पत्रकार र युवा बुद्धिजिबीहरुको मातहतमा बितरण गरिएको थियो ।
One Comment