Sorry, that menu does not exist.
 

बडीगाड- ७ माझखर्कमा चट्याङबाट दुई दिदी बहिनी घाईते, एकको अवस्था गम्भीर !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ बैशाख १६ । बडीगाड गाउँपालिका ७ भिमगिठे माझखर्कमा मँगलबार दिउँसो परेको चट्याङका कारण दिदी बहिनी दुई जना घाईते भएका छन् ।

दिउँसो करिब साढे ३ बजेतिर घर नजिकै परेको चट्याङका कारण बाबु टोपबहादुर बुढा र आमा गीता बुढाका बर्ष १३ र १० को छोरीहरु गोमा बुढा र गंगा बुढा घाइते भएको बडीगाड ७ का अध्यक्ष कृष्ण गुरुङले बताए ।
वडाध्यक्ष गुरुङका अनुसार दुई दिदिबहिनी घरको बराण्डामा बसिराखेको अवस्थामा घरनजिकै परेको चट्याङको छर्काले गर्दा उनिहरुलाई असर गरेको बताइएको छ ।

चट्याङका कारण बेहोस बनेको दुई दिदीबिहिनी मध्य गोमाको अवस्था सामान्य रहेको र गँगा बुढा हालसम्म अचेत अवस्थामा रहेको जनाइएको छ । थप उपचारका लागि दुबै जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको वडा अध्यक्ष गुरुङले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

5 Comments