Sorry, that menu does not exist.
 

श्रीमानको निधन पछी काठमाडौम अलपत्र श्रीमती र छोरीको उद्धार !

बागलुङ २०७७ बैशाख १६ । बिगत लामो समयदेखि काठमाडौंको वीर अस्पतालमा बडीगाड गाउँपालिका वडा ७ का वडा अध्यक्ष कृष्ण गुरुङ र काठमाडौंमा बस्ने समाजसेवी महिला रिमा सापकोटाको पहल तथा सहयोगमा चन्दा संकलन गरि कलेजोको उपचार गराईरहेएका वीर बहादुर परियारको मिति २०७७ बैशाख १४ गतेका दिन निधन भए पश्चात् निजको श्रीमती मन्जु परियार र वर्ष ४ की छोरी अलपत्र परिरहेको अबस्थामा अध्यक्ष गुरुङले काठमाडौं देखि घरसम्म ल्याई उद्दार गरेका छन् ।

लकडाउनको समयमा यातायात नचल्ने तथा आर्थिक स्थिति अत्यन्तै कमजोर रहेकोले निजहरु अलपत्र परेको साथै शवलाई रिमा सापकोटाको सहयोगमा पशुपतिमै दाहासंस्कार गरिएको अध्यक्ष गुरुङले बताए ।

काठमाडौं देखि रिमा सापकोटा र प्रहरीको सहयोगमा बागलुङ सम्म आउने गाडीमा ल्याईएको र बागलुङ सम्म गाडी लिएर अध्यक्ष गुरुङ आफै गई निजहरुको उद्दार गरेको बताईएको छ ।

श्रीमानको मृत्यु पश्चात् मन्जुलाई उद्दार गर्दा लागेको सम्पूर्ण खर्च व्यक्तिगत रुपमा आफुले ब्येहोर्ने बताउँदै अध्यक्ष गुरुङले वडा कार्यालयमा स्थापना गरेको राहत कोष मार्फत काजकिरियाको लागि भन्दै खाद्यान्न ९३० केजी चामल, ५ केजी दाल, १ केजी नुन, १ केजी तेल, ५ केजी चिउरा र १ दर्जन बिस्कुट र नगद रु ५ हजार समेत उपलब्ध गराईएको छ । आगामि दिनमा मृतक वीर बहादुर परियारको दुई छोरीहरुलाई शिक्षा दीक्षा र पालन पोषणमा वडा कार्यालय मार्फत साथै व्यक्तिगत रुपमा सहयोग गर्ने समेत अध्यक्ष गुरुङले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

48 Comments