Sorry, that menu does not exist.
 

रु ५ मा हुने फोटोकपी ५० देखी १०० रुपयाँ सम्म …. यो त अचाक्ली भएनर ?

बुर्तिवाङ २०७७ बैशाख १७ । यति बेला जिल्लाका विभिन्न पालिकाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य जारी रहेको छ । देश लकडाउनमा रहेकोले कोरोना भाईरस नियन्त्रण रोकथामलाई लिएर सामाजिक दुरी कायम गरी भीडभाड नगरी सामाजिक सुरक्षा भत्ता वितरण कार्य भैरहेको छ ।

यसैवीच निसीखोला गाउपालिका ७ मा फोटोकपी गर्दा रु ५० देखी १ सय सम्म लिईने गरेको स्थानीयहरुले बताएका छन् । बाहिर बाटै फोटोकपी गरेर भत्ता लिन जाने सेवाग्राहीहरुलाई बाहिर बाट फोटो कपी गरेर ल्याएका हुँदैन भनेर त्यहिँ फोटो कपी गर्न बाध्य पार्ने र रु ५० देखी रु १ सय सम्म लिने गरेको सेवाग्राहीका गुनासो रहेको छ । गत बैशाख १५ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्न खटिएका दुई जना कर्मचारीहरुले अर्को कोठामा फोटो कपी गर्ने गरेको पीडितहरुले बताएका छन् । बाहिर फोटो कपी गराउदा रु ५ दस्तुर लाग्ने वडामा रु ५० देखी रु १ सय सम्म लिईनु यो ज्यादती भएको उनिहरुको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

6 Comments