माधब खरेल, मुसिकोट २०७७ बैशाख १८ । गुल्मी मुसिकोट १ आरुचौरका कृषकहरुमा सुन्तला खेती तर्फ आकर्षण बढ्न थालेको छ । बिश्व भर फैलिएको कोराना भाइरसका कारण देश नै लकडाउन भएको बेला यहाँका अधिकाश युवा तथा बुढाबुढी नै दिन भर बारीमा सुन्तलाका खाल्डा खन्न मै ब्यस्त देखिन थालेका छ्न । परम्परागत खेतिबाट कुनै फाइदा नदेखिएपछि ब्यवसायिक सुन्तला खेती अँगालेको स्थानीय व्यक्तिको भनाइ छ ।
सुन्तला खेतीको लागि उपयुक्त स्थान रहेको र धेरै सुन्तला उत्पादन गर्न सकिने आशमा यहाँका कृषक देखिन्छन । करिब ५००० बिरुवा लगाई यस क्षेत्रलाई सुन्तला बगैंचा बनाउने उदेश्य रहेको स्थानीय कृषकको भनाइ छ ।