Sorry, that menu does not exist.
 

हरेकृष्ण अभियानद्वारा लकडाउनमा अलपत्र परेका मजदुर तथा विपन्न वर्गलाई दैनिक भोजन वितरण गर्दै !

बागलुङ, २०७७ बैशाख १८ । बागलुङ सदरमुकाममा क्रियाशील नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल), बागलुङ शाखाले बागलुङ बजारमा अलपत्र परेका मजदुर तथा विपन्न वर्गलाई चैत ३० गते देखी दैनिक रुपमा विहान र बेलुकाको खाना तथा दिउँसोको खाजा निःशुल्क उपलब्ध गराउँदै आएको छ । भोजनालयमा प्रति दिन २५ जना देखी अधिकतम ४५ जना सम्मले भोजन ग्रहण गर्दै आएको ईस्कोनले जनाएको छ ।

शुरुवातमा सडकमा काम गर्ने र सडकमै रात गुजार्ने मजदुरका लागि आश्रय स्थलका रुपमा प्रयोग गरिएको बागलुङ बजारमा रहेको शान्ति समितिको भवन पछिल्लो समय लकडाउनले अलपत्र परेका अन्य व्यक्तिहरुलाई पनि राख्ने क्वारेन्टाइनको रुपमा प्रयोग हुँदै आएको छ ।

धार्मिक संस्थाको सामाजिक उत्तरदायित्व बोध गरि चैत ३० गते देखी हालसम्म निरन्तर रुपमा कोरोना नियन्त्रणका सावधानीका अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्दै भोजन बनाउने, प्याक गर्ने तथा वितरण गर्ने कार्य गरिराखेको र भोजन बनाउनका लागि हरेकृष्ण अभियानद्वारा सञ्चालित गोविन्दाज् शाकाहारी भोजनालयको किचन प्रयोग भैरहेको इस्कोन बागलुङका प्रमुख परमेश्वर अच्युत दासले ईबागलुङलाई बताए ।

इस्कोन बागलुङले यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । जिल्ला प्रहरी कार्यलय, जिल्ला प्रशासन कार्यालय तथा बागलुङ नगरपालिकासँग समन्वय गरि यस कार्यलाई इस्कोनले अघि बढाइरहेको छ । अहिलेको विषम परिस्थितीमा ईस्कोन नेपालले गरेको यस सत्कार्यको प्रशंसा भैरहेकोे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !