Sorry, that menu does not exist.
 

कविता : अनविज्ञ सालिक

सालिक वोल्यो म अनविज्ञ छु
को हो त्यो ?
वर्शौ देखी पिठ्युँमा छर्रा
पिडिउलामा गोली
गर्धनमा नाल

छातीमा ठुलो प्वाँल लिएर
ह्विलचियरमा एकोहोरो मुद्रामा
माक्र्सवाद लेखीएको रातो किताब पल्टाइरहेको?
उता को हुन ती
निर्लक्क कोरामा
हातमा धुपवत्ती
मनमा संकल्प लिएर
टाउकोमा रातो पगरी वाधेको
निधारमा माटाेको ठाडाे टीका लगाएको
आखामा युग बोकेर
मुस्कुर्याइरहेको
कमान्डर जस्तो देखिने
भित्तामा झुन्डिएको एउटा तस्वीर अगाडी
हर साझविहान
सिउदोको रङ्ग खोज्ने वेरङ्गीहरु
टम्म भरिएका
रित्ता कोखहरु खोज्ने आर्तनादका मुर्छित आमाहरू ।।
कलिला मस्तिष्कहरुमा
युग परिवर्तनको विजारोपण गराइ
भर्खर सिसाकलम समात्न सिकेका हातहरु लाई
जवर्जस्ती बन्दुक समात्न लगाउने
वम र वारुदका
गोला भरिएका झोला भिर्न लगाएर
वर्गसंघर्ष र साम्यवादको
एकादेशको दन्त्यकथा सुनाइ
पर घना जङ्गलमा पुर्याएर
युद्धको सिपाही तयार गर्नेहरू
युद्धमा होमिन लगाउनेहरु
खै कहाँ छन् अचेल तिनीहरु
दरवारमा या जङ्गलमा?
गाउमै छन कि बाजारमा?

तिनीहरुका सन्ततीहरु
खाडि मुलुकहरूमा छन कि
युरोप अमेरीकी मुलुकहरुका युनिभर्सिटीमा?
पढ्दै छन कि
फेरि बन्दुक वनाउदै छन
।।
खै के का लागी युद्ध लडेँ
चोकको शालिकले भनिरहेछ
उ भित्रको क्रान्तिको राँकोले
हरवखत सोधिरहेछ
मेरा हजारौं लडाइँहरु
म शालिक वन्नका लागि

मेरो मोर्चाका केवल हजुर लाई
मालिक वनाउनका लागि मात्र थियो?
विस्तारवाद,साम्राज्यवाद,सामन्तवाद ,घटीया
दलाल पुजिपतीवाद,
नवउपनिवेशवाद्को
बाटाे हजुरले देखाउनु भएको थिएन त
फेरि तपाई उसैको
वचाउमा कसरी?
के मालिक भएपछि यस्तै परिवर्तन हुने रहेछ मालिक?
अह मेरो मनले मान्दै मान्दैन
कुसंस्कार ,कुरीति ,विकृति ,विसङती
मेराहरु निरन्तर लागिरहन्छ्न
यस्तैको विरुद्धमा
म शालिक भएर के भो
माफ गर्नु होला मालिक बाटो विराउनु भो भने
भोलि तपाईंको पुत्लादहन नहोला भन्न सक्दिन
फेरि
नसोच्नु होला शालिकको आत्माले के गर्छ र
म अनविज्ञ छु।
निर्मल पौडेल एन पी घायल
कुश्मा पर्वत।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !