रामप्रसाद घिमिरे, बागलुङ २०७७ बैशाख १८ । जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी जवान राकेश दवाडी बिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । बागलुङ नगरपालिका ३ गुठी निवासी मृतकका पिता खड्ग बहादुर सार्कीले बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी आफ्नी छोरी संझना किसानलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै आत्महत्या दुरुत्साहन सम्वन्धी मलुकी अपराध संहिता २०७४ अन्तरगत जाहेरी दिएका हुन् ।
मृतक संझना किसानले तिन दिन पहिले आफ्नै कोठामा झुण्डिई आत्महत्या गरेको परिवारजनले बताएका छन् । मृतकको कोठामा उनले जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा प्रहरी जवान दवाडीले आफुलाई आत्महत्या गर्न बाध्य पारेको व्यहोराको उजुरी समेत फेला परेको परिवारजनले बताएका छन् । सो उजुरीमा पेटमा भएको बच्चाको डीएनए जाँच गरी निजलाई कार्बाही गरियोस भन्ने माग गरिएको छ ।
करीव ३० वर्ष उमेरकी मृतक संझनाको पहिलो लोग्नेतिरको १० वर्षकी छोरी भएको खुलेको छ ।
यस घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान भैरहेको जनाएको छ ।
मृतक संझनाको कोठामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा लेखिएको निवेदन यस्तो छ,
6 Comments