Sorry, that menu does not exist.
 

आजको तस्वीर:अस्पतालमा सामाजिक दुरीको बारम्बार उपहास !

बागलुङ २०७७ बैशाख १८ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९ को) संक्रमण फैलिन नदिन विश्वका प्राय सबै मुलुकहरु लकडाउनमा छन । नेपाल पनि एक महिना देखी लकडाउनमा छ । लकडाउनको पालनका लागी सरकारले सामाजिक दुरी (एकार्कावीच कम्तीमा एक मिटरको फासला हुनुपर्ने, भीडभाड नगर्ने, धार्मिक स्थल,सभा बैठक, सामाजिक कार्य बिबाह भोजभतेरको आयोजना नगर्ने आदि केहि नियमहरु सरकारले निर्दिष्ट गरेको छ ।

सडकमा दुई चार जना मानिसहरुपनि सँगै हिँड्न प्रहरीले दिएको छैन । कुनै पसलहरुमा आवश्यक सामाग्री खरीद गर्न जाने उपभोक्ताहरुलाई सामाजिक दुरीको पूर्ण पालना गराउन प्रहरी लागी परेको दृश्य सदरमकाम लगायत जिल्लाका विविध भागहरुमा देख्न सकिन्छ । मन्त्री परिषदको बैठक देखी स्थानीय तहको बैठक किन नहोस या सामाजिक सुरक्षा भत्ता वितरण या विभिन्न निकायहरुबाट वितरण राहत सामाग्री होस सर्व प्रथम सामाजिक दुरी कायम गरेरमात्र गरेको देखिन्छ । लकडाउनको बर्खिलाप गर्नेहरुलाई प्रहरीले कार्बाही गरिरहेको छ । विवाह, ब्रतवन्ध, अन्त्यष्टि लगायतका कार्यहरुमा चार पाँच जना भन्दा बढीको भीड देख्न पाईन्न । सामाजिक दुरी कायम गर्न सकेनै कोरोना भाईरसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने सर्वव्यापी मान्यता कायम भएको परिप्रेक्षमा धौलागिरी अस्पतालमा सामाजिक दुरी (Social Distancing) को उपहास भैरहेको दृश्यहरु स्थानीयवासीले पचाउन सकेका छैनन् । स्थानीय प्रशासन र प्रहरी किन निरिह बन्यो ? भारेभूरे कार्बाहीमा ठुलाबडालाई छुट कहिले सम्म ?

आज मात्रै धौलागिरी अस्पतालमा विदेशमा रहेका बागलुङवासीहरुले प्रदान गरेको रु १० लाख ३१ बराबरको कोरोना उपचारमा प्रयोग हुने सामाग्रीहरु हस्तान्तरणमा एकापसमा टिपिक्क टाँसिएर उभिएका महानुभावहरुबाट सामाजिक दुरीको उपहास भएको अपूर्व दृश्य देखियो । यसरी जिल्लाका सांसद र स्वयं चिकित्सकहरुले नै लकडाउनको बेला सामाजिक दुरीको उपहास गरेर तस्वीर खिचाउन ठेलमठेल गर्नुले राम्रो संकेत त पक्कै दिएको छैन ।
कोरोना संक्रमित युवतीको रिपोर्ट नेगेटिव आएपछी पनि अस्पताल परिसर मेलामा परिणत भएको थियो ।
तस्वीर- फेसबुकबाट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !