Sorry, that menu does not exist.
 

काँग्रेसको राहत वितरण अभियान ढोरपाटन नगरपालिकामा

बुर्तिवाङ २०७७ बैशाख १९ । नेपाली काँग्रेसले थालेको राहत वितरण कार्यक्रम शुक्रबार ढोरपाटन नगरपालिका वडा नं २ र ३ मा सम्पन्न भएको छ । प्रदेश सभा सांसदका प्रत्याशी एवं नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी जितबहादुर शेरचन सहितको टोलीव्दारा तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा राहत वितरण गरेसँगै आज ढोरपाटन नगरपालिकाको वडा नं।२ र ३ मा कार्यक्रम सम्पन्न भएको छ ।

्जसअन्र्तगत वडा नं २ को खल्टुवोट र तारीखेत गरी २५ घरपरिवारलाई खाद्यान्न वितरण गरीएको छ । त्यसैगरी वडा नं ३ को पुर्काटमा १५ परिवारका निम्ती खाद्यान्न वितरण गरीएको शेरचनले बताए । उनका अनुसार विहिबार निसीखोला गाउँपालिकाको वडा नं ७ मा ७० घरपरिवारलाई खाद्यान्न वितरण गरीएको थियो ।

लामो समयको लकडाउनका कारण बेरोजगारी अवस्थामा रहेका गरीव, विपन्न र अशहाय व्याक्तिका निम्ती चामल, दाल, तेल ,सावुन वितरण गरीएको हो । भोली ढोरपाटन नगरपालिका ५,७, ८ र ९ वडामा राहात वितरणको कार्यक्रम रहेको जनाइएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस पुर्व महासमिती सदस्य अर्जुन शेरचन, महाधिवेशन प्रतिनिधी जितबहादुर शेरचन, क्षेत्र नम्बर २ ख प्रदेश सभापती नरजंग घर्ती, पूर्व जिल्ला सदस्य मेशलाल शर्मा, नेपाल तरुणदल जिल्ला सचिव नविन शेरचन, समाजसेवी ऋषिराम कँडेल , नेपाल महिला सँघ क्षेत्रिय सभापती लिलमाया पुन, दिलमाया पौवी, वडा नं ३ पार्टी सभापती रामबहादुर कुवँरको सहभागितामा राहात वितरण गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

4 Comments