छविलाल पाण्डे, बुर्तिवाङ २०७७ बैशाख २० । नेपाली काँग्रेसले थालेको राहात वितरण कार्यक्रम शनिबार ढोरपाटन नगरपालिका वडा नं ५,७,८ र ९ वडामा सम्पन्न भएको छ । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी जितबहादुर शेरचन सहितको टोलीव्दारा तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा राहात वितरण गरेसँगै शुक्रबारदेखि ढोरपाटन नगरपालिकाका विभिन्न
शनिबार ढोरपाटन नगरपालिकाको वडा न..५,७, ८ र ९ वडाका गरीव, विपन्न र अशक्त परिवारका निम्ती खाध्यन्ह वितरण गरीएको जित शेरचनले बताए । वडा नं.५ मा ३० परिवार, वडा नं.७ मा ३०, वडा नं.८ मा ३० र वडा नं.९ मा २० घरपरिवारका निम्ती खाध्यन्ह वितरण गरीएको जनाइएको छ । राहात वितरणमा २० केजी चामल, तेल, नुन, चिनी हस्तान्त्रण गरीएको हो । त्यसैगरी शुक्रबार वडा नं.२ को खल्टुवोट र तारीखेत गरी २५ र वडा नं.३ को पुर्काटमा १५ परिवारका निम्ती खाध्यन्ह वितरण गरीएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस पुर्व महासमिती सदस्य अर्जुन शेरचन, महादिवेशन प्रतिनिधी जितबहादुर शेरचन, क्षेत्र नम्बर २ ख प्रदेश सभापती नरजंग घर्ती, पूर्व जिल्ला सदस्य मेशलाल शर्मा, नेपाल तरुणदल जिल्ला सचिव नविन शेरचन, समाजसेवी ऋषिराम कँडेल , ढोरपाटन नगर सभापती सालिकराम सर्मा,पूर्व क्षेत्रिय सभापती नरबहादुर गुरुङ, प्रेम तामाङ शैलेश घर्ति, कल्याण कायत लगाएतको उपस्थिती रहेको थियो ।