Sorry, that menu does not exist.
 

गुल्मी जिल्ला मै पहिलो वडा कार्यालयको भवन चन्द्रकोट गाउँपालिकामा निर्माण !

प्रेम सुनार गुल्मी, २०७७ बैशाख २१ । स्थानीय तहको निर्वाचन पछि वडा कार्यालय भवन निर्माण गर्ने पहिलो गाउँपालिका चन्द्रकोट गाउँपालिका बनेको छ । चन्द्रकोट गाउँपालिका वडा नम्वर ६ हरेवाका वडाध्यक्ष गोकर्ण शर्माले वडा कै रकमबाट वडा कार्यालय निर्माण गरि कार्यालय सञ्चालन गरेका हुन् ।

जिल्लाका अधिकांश वडाहरुमा पुरानै भवनमा कार्यलय सञ्चालन भई रहेका बेला चन्द्रकोट ६ का वडाध्यक्ष शर्माले कार्यालय भवन निर्माण गर्नुका साथै गाउँपालिका कै जस्तो सभाहल र आबश्यक सबैखाले फर्निचर समेत जोडेका छन् ।

उनले त्यहाँ स्थित विद्यालय भवन निर्माण देखि उल्लेखनिय कार्य गरेको जिल्ला समन्व्य समितिबाट अनुमगन गर्न पुगेकी प्रदेश सांसद तथा सार्वाजानिक लेखा समितिकी सदस्य गिता थापाले बताईन् । पालिकाहरु मध्ये विकास निर्माणमा अब्बल धुर्कोट गाउँपालिका र वडाहरु मध्ये चन्द्रकोट गाउँपालिका ६ मा उदाहरणिय कार्य भएको अनुमनमा पुगेका जिल्ला समन्व्य समिति सदस्य चेतन बस्नेतको ठहर थियो ।

वडाध्यक्ष शर्माले लकडाउन पछि चन्द्रकोट गाउँपालिकाले राहत वितरणको निर्णय नगर्नु पुर्व नै त्यहाँ स्थित नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) , नेपाली कांग्रेस वडाका जनप्रतिनिधीहरुबाट सहयोग संकलन गरि सुरु मै राहत वितरण गरेका थिए ।

उनले पछिल्लो चरण त्यहाँका गरिव मजदुरहरुलाई तेश्रो चरणको राहत समेत वितरण गरेका छन् । वडाध्यक्ष शर्माले वडावासी कसैलाई पनि भोकै बस्न नदिने उद्घोष गरेका छन् । यता चन्द्रकोट गाउँपलिकाले स्थानिय सरकारको जिल्ला मै नमुना क्याविनेट बनाएको छ । गाउँपालिका प्रमुख । उपप्रमुख , प्रमुख प्रशासकिय अधिकृत र कार्य समिति सदस्यहरुको नाम विवरण सहितको क्याविनेट निकै आकर्षक ढंगबाट सजाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !