रामशरण पोख्रेल, पर्वत कुस्मा २०७७ बैशाख २१ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २० औं बाषर््िकोत्सब सामान्य कार्यक्रमका बिच कुस्मामा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कुश्मा उपशाखामा आबद्ध अफिस नजिकैका अभिकर्ताहरुको भेलाले २०औं वार्षिकोत्सव नामको केक काटेर मनाइएको हो । कोरोनाले देश लकाडाउन भैरहेको अवस्थामा सामाजिक दुरि कायम गरि कार्यक्रम गरिएको बताइएको छ ।
सो अवसरमा बोल्दै बुर्तिबाङ उपशाखा प्रमुख प्रनिश गिरिले मानब जीवनको लागि जीवन बिमा अनिवार्य रहेको बताए ।
कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर घनश्याम रिजाल, पेशागत बिमा अभिकर्ता संघ बागलुङका अध्यक्ष तथा एजेन्सी म्यानेजर रामशरण पोखरेल, पर्वतका अध्यक्ष सरस्वती गिरि, एजेन्सी म्यानेजर चिरञ्जीवी रिजाल, शंकर गिरि, देवी गुरुङ, देवी भुसाल, कुश्मा उपशाखाका कर्मचारी प्रमिसा थापा, दिनेश तिवारी लगायतले बोलेका थिए।