Sorry, that menu does not exist.
 

बिदेशको कमाईबाट गाउँका दाजु भाइलाई राहत !

प्रेम सुनार गुल्मी २०७७ बैशाख २१ । अमेरिका बाट बिष्णु कार्की र उहाँकी श्रीमती मिरा कार्कीले आफ्नो गाउँ गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ का गरिब मजदुरहरुलाइ राहत पठाएका छ्न । उनले पठाएको रकमबाट त्यस वडाका ८० घरधुरी बिपन्न परिवारलाई खाधन्न बितरण गरिएको छ ।

राहत सामाग्री उनका ससुरा गोपाल खत्री र सासू देव कुमारी खत्रीले बितरण गरेका हुन । खत्री दम्पतीले छोरी ज्वार्इलाइ मानवीय उद्धारमा खेल्दै आएको भुमिका प्रती धन्यवाद दिएका थिए ।

राहत सामग्री त्यस वडामा पुराउन यसै समाचारदाताले पहल गरेको थियो । रेसुङ्गा नगरपालिका लगायतका स्थानीयमा पनि राहत बितरण गरिने खत्रीले बताए । उनका छोरी ज्वार्इले भुकम्प पीडितलाई पनि राहत पठाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !