नेपालगन्ज २०७७ बैशाख २२ । नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमितको संख्या ७५ पुगेको छ । आईतबार साँझ भेरी अस्पतालमा स्वाब परीक्षण गरिएका मध्य १६ देखी ६० वर्ष उमेर बीचका ३ पुरुष र ३ महिला गरी ६ जनामा संक्रमण पुष्टी भएपछी नेपालगन्जमा मात्रै एकै दिन १५ जना संक्रमित बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आईतबार दिउसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालगन्जमा ७ देखि ५८ वर्ष उमेरका ५ पुरुष र ४ महिलामा कोरोना संक्रमण पुष्टी भएको बताएका थिए ।