बुर्तिवाङ २०७७ बैशाख २२ । निसीखोला गाउँपालिका-७ राजकुतका वडाध्यक्ष तेजेन्द्र विक्रम कुँवर (नहकुल)ले एक प्रेस विज्ञप्ती प्रकाशित गरी सामाजिक सुरक्षा भत्ता लिनका लागी सेवाग्राहीहरुबाट वडा कार्यालयमा फोटोकपी गरेको रु ५० देखी १ सय सम्म लिईएको भन्ने समाचारको खण्डन गर्दै भत्सर्ना गरेका छन् ।
यो लिंकपनि पढौँ
रु ५ मा हुने फोटोकपी ५० देखी १०० रुपयाँ सम्म …. यो त अचाक्ली भएनर ?
विज्ञप्तीमा, वडा कार्यालय सहयोगीव्दारा आफ्नै निजी खर्चको फोटोकपी मेसिन मार्फत सेवाग्राहीको आवश्यक कागजात फोटोकपी गरेबापत चलनल्तीको दररेटमा रकम लिएको कार्यालय सहयोगीबाट वडा कार्यालयमा स्पष्टिकरण आईसकेको हुँदा सम्पूर्ण वडावासीमा भ्रमित खालका समाचारको पछी नलाग्न अनुरोध गरिएको छ ।