Sorry, that menu does not exist.
 

निश्चल प्राकृत जीवन कृतिम बनाईदियो !

स्थिती कतै व्यग्र कतै स्वर्णिम बनाईदियो
संस्कारले हिटलर अनि किम बनाईदियो !
मनुष्यका तुच्छ बिचार र काला कर्तुतले
निश्चल प्राकृत जीवन कृतिम बनाईदियो !

बादल मडारिएको गगनमा ज्योती कहिले आउला ?
शक्तिको उन्माती मगजहरुमा मति कहिले आउला ?
बैशाखी टेकेर घस्रीरहेका समृद्ध नेपालका सपनामा !
जन अनुहार उज्ज्वल पार्ने तिव्र गति कहिले आउला ?

झम सिर्पाली ‘सौगात’
निसिखोला-२ बाग्लुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !