छविलाल पाण्डे, बुर्तिवाङ २०७७ बैशाख २२ । बागलुङ ढोरपाटन समाज हङकङको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामाग्र िज्वरो नाप्ने मेशिन थर्मलगन र नेपाली काँग्रेस पार्टीको तर्फदेखि अन्य स्वास्थ्य सामाग्री लिएर नेपाली काँग्रेसका नेता दोर्णकुमार कुवँर सहितको टोलीव्दारा तमानखोला र निसीखोला गाउँपालिकामा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ ।
बागलुङ जिल्लादेखि रोजगारी र व्यवसायका निम्ती हङकङमा रहेका युवाहरुको सँस्था बागलुङ ढोरपाटन समाज हङकङद्धारा पठाइएको थर्मलगन र नेपाली काँग्रेस क्षेत्रिय समितीको तर्फदेखि एन नाइन्टी फाइभ पीपीई सेट, सेनिटाईजर , र सेनिटाईजर छर्कने स्प्रे सहितका स्वास्थ्य सामाग्रि गाउँपालिका प्रमुख, उपप्रमुख, राजनैतिनक दल लगाएतको रहोवरमा स्थानिय पालिकालाई हस्तान्त्रण गरिएको हो ।
तमानखोला गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अन्तर्गतका सबै स्वास्थ्य सँस्थाका निम्ती ९ थान थर्मलगन, कोरोना निमृल पार्न सडक तथा भिँडभाड हुने स्थानमा छर्कनका निम्ती स्प्रे १ थान, सोडियम हाइड्रो क्लोरिन ५ लिटर, एन नाइन्टी फाईभ पीपीई ३ थान, जिवनजल, हातधुने सावुन र सेनिटाईर गाउँपालिका अध्यक्ष जोकलाल बुढा र उपाध्यक्ष मानशरी शेरचनलाई हस्तान्त्रण गरिएको हो ।
कार्यक्रममा तमानखोला गाउँपालिका वडा नं.२ का अध्यक्ष मिनबहादुर घर्ति, ३ का अध्यक्ष गिरबहादुर घर्ति, वडा नं.द्ध का अध्यक्ष उदिमबहादुर छन्त्याल, वडा नं.५ का अध्यक्ष हिराबहादुर सिर्पाली, नेकपा पार्टी प्रतिनधिी नरेन्द्र छन्त्याल, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी सिँहबहादुर राना, सोम पौवी, ढोरपाटन नगर सभापती शालिकराम शर्मा, क्षेत्र नं.२ प्रदेश ख सचिव दिपेन्द्र श्रेष्ठ, तमानखोला गाउँपालिका पार्टी सम्योजक खगेन्द्रमान पुन, झकबहादुर बुढा, चुडामणि छन्त्याल, तेजेन्द्र रामजाली, तरुणदल अध्यक्ष ख प्रसाद छन्त्याल, वडा सदस्य लिला छन्त्याल लगाएको उपस्थितीमा स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको थियो ।
त्यसैगरी निसीखोला गाउँपालिकामा समेत आजै स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, उपाध्यक्ष शोभा कार्की, प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल श्रेष्ठ र वडा अध्यक्ष, राजनैतिक दल लगाएतको रहोभरमा स्वास्थय सामाग्री हस्तान्त्रण गरीएको छ । जसअन्र्तगत थर्मल गन ६ थान, एन नाइन्टी फाईभ पीपीई सेट र क्याप १ सेट, स्प्रे १ थान, सोडियम हाइड्रो क्लोरिन ५ लिटर, जिवनजल, हातधुने सावुन र सेनिटाईर हस्तान्त्रण गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले विपदको समयमा नेपाली काँग्रेस क्षेत्रिय समिती र बागलुङ ढोरपाटन समाज हङकङले स्वास्थय क्षेत्रका निम्ती गर्दे आएको महत्वपूर्ण सहयोगका निम्ती धन्यबाद ज्ञापन गरे । उनले वर्तमान अवस्थामा स्वास्थ्य क्षेत्र बढी जटिल र सँवेदनशील रहेका कारण अति आवश्यक सामाग्री सहयोग गर्ने दुवै सँस्थाको सह्रानीय कामको प्रसँसा गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रिय सभापती दोर्णकुमार कुवँर, नेपाली काँग्रेस निसिखोला गाउँ सभापती एवम वडा नं.१ क वडा अध्यक्ष इन्द्रबहादुर मल्ल, वडा नं.२ का अध्यक्ष कुविर विश्वकर्मा, वडा नं.३ का अध्यक्ष जुनविक्रम शाही, वडा नं.४ अध्यक्ष टिकानिधी पौडेल, नेकपा प्रदेश सदस्य प्रेम घर्तिमगर, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी सिँहबहादुर राना, सौम पौवी, राष्ट्रिय जनमोर्चाका् तर्फदेखि थमन घर्तिमगर, काँग्रेस प्रदेश२ ख सचिव दिपेन्द्र श्रेष्ठ, निसीखोला ७ पार्टी सभापती दिपु कुवँर, वडा नं.४ सभापती राजमान घर्ति, हेम सापकोटा लगाएतको उपश्थिती रहेको थियो ।
कार्यक्रममा सहभागीले स्वास्थ्य सँस्थामा अति आस्यकताको रुपमा रहेको थर्मलगन र पीपीई सेट हस्तान्त्रण अभियानले स्वास्थ्य कर्मिलाई आफनो कार्य सम्पादनमा सहजता पुग्ने बताएका थिए ।