Sorry, that menu does not exist.
 

रेसुङ्गा नगरपालिकाले दोश्रो चरणको राहत वितरण शुरु, वडा नं १,५,९ मा राहत वितरण !

मनु सुनार, गुल्मी २०७७ बैशाख २२ । गुल्मीको रेसुङ्गा नगरपालिकाले दोश्रो चरणको राहत वितरण शुरु गरेको छ । विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखी गरिएको लक डाउनले दैनिक मजदुरी गरी जिवन निर्वाह गरेकाहरुको परिवारमा खाद्य संकट भएको भन्दै राहत वितरण शुरु गरेको हो ।

जसअन्र्तगत रेसुङ्गा नगरपालिका–१ मा रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले राहत वितरण गरी शुभारम्भ गरेका थिए । त्यस अवशरमा नगर प्रमुख भुसालले लक डाउनमा कोही पनि भोकै बस्न नपर्ने बताएका थिए ।

विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लक डाउनले मजदुरी गरी जिवन निर्वाह गरेकाहरुको परिवारलाई ध्यानमा राखि राहत वितरण गरिएको वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले जानकारी दिए ।

यस वडाभित्रका स्थायी रुपमा बसोबास गर्ने ३ जना मात्र रहेका छन् । बाँकी अन्य स्थानबाट आएर बसोबास गरी दैनिक ज्याला मजदुरी गर्ने रहेका छन् । रेसुङ्गा नगरपालिकाको वडा नं.१ सदरमुकाम तम्घासको मुख्य बजारमा पर्ने भएकाले राहत पाउने स्थायी बासिन्दा भन्दा अस्थायी बासिन्दा धेरै रहेका वडाअध्यक्ष पाण्डेले उल्लेख गरे ।

सोमबार वडा कार्यालयमा सामाजिक दुरी कायम गरी दोश्रो चरणको राहत वितरण गरिएको वडाअध्यक्ष पाण्डले बताए । दोश्रो चरणमा ९० परिवारका ३ सय ८ जनालाई १६ सय ६० केजी चामल, १ सय ४ केजी दाल, ७९.५ लिटर तेल, ९० प्याकेट नुन वितरण गरिएको वडा सचिव रािधका पाण्डेले बताइन् । यस अघि त्यस वडाले गत चैत्र २१ गते पहिलो चरणको राहत वितरण गरेको थियो ।

यस्तै रेसुङ्गा नगरपालिका–५ भुवनपानिमा पनि दोश्रो चरणको राहत वितरण गरिएको छ । दोश्रो चरणमा ५३६ घरधुरीका ५१५ जनालाई राहत वितरण गरिएमको वडाअध्यक्ष हरि प्रसाद खनालले जानकारी दिए । वडा कार्यालयमा सामाजिक दुरी कायम गरी राहत वितरण गरिएको वडाअध्यक्ष खनालले जानकारी दिए ।

यस्तै रेसुङ्गा नगरपालिका–९ ले पनि दोश्रो चरणअन्र्तगतको राहत वितरण गरेको छ ।११८ घरधुरीका ५४७ जनालाई राहत स्वरुप राहत वितरण गरिएको वडाअध्यक्ष नारायण सुनारले जानकारी दिए ।

वडा कार्यालहरुद्धारा एक परिवारमा २ जना भएमा १० किलो चामल, र परिवारमा ३ वा ४ जना भएमा २० किलो चामल, वा सो भन्दा बढी परिवारको लागी २५ केजी चामल वितरण गरिएको हो।

राहत वडा कार्यलयमा सुरक्षित सामाजिक दुरी कायम गरी वितरण गरिएको छ।रेसुङ्गा नगरपालिकाले दोश्रो चरणमा पहिलो चरणमा वितरण गरिएको भन्दा दोब्बर भन्दा धेरै राहत वितरण गर्दै छ ।

पहिलो चरणमा १ हजार ४ सय ९१ घरपरिवारका, ५ हजार ६ सय ६३ जनालाई २० हजार केजी राहत वितरण गरेको नगरपालिकाले दोश्रो चरणमा दोब्बर भन्दा धेरै २ हजार ३ सय २५ घरपरिवारका, ८ हजार आठ सय ६३ जनालाई राहत वितरण गर्दै छ ।
दोश्रो चरणमा ४६ हजार किलो चामल राहत स्वरुप वितरण गर्न शुरु गरिएको मेयर भुसालले जानकारी दिए । जसमा ३ हजार ५० किलो दाल, तेल २ हजार १ सय ६ लिटर, नुन वितरण गरिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !