बागलुङ २०७७ बैशाख २२ । देशै भरी कोरोना संक्रमितको संख्या बृद्धि भएको अवस्थामा सवारी साधनहरुको आवागमन बृद्धि भएको पाईएकोले अबोप्रान्त जिल्ला बाहिरका लागी अर्को व्यवस्था नभएसम्मका लागी पास जारी नगरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट आज जारी सूचनामा चिकित्सकको रिफर कागजको आधारमा बिरामीलाई तोकिएको अस्पतालमा जाने पास जारी गरिने, प्रमाण सहित पेस गरेको आधारमा मृत्यु सस्कार लगायतमा पास जारी गरिने र सोका लागी सम्वन्धित प्रमुख जिल्ला अधिकारीको समन्वयमा मात्र सवारी पास जारी गरिने व्यवस्था भएकोले सोहि बमोजिम सम्वन्धित सबैले कार्यान्वय गर्न अनुरोध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङव्दारा जारी गरिएको सूचना यस प्रकार छ-