बागलुङ २०७७ बैशाख २३ । कोरोना भाईरस (कोभिड-१९) को संक्रमण दिनपर दिन बढी रहेको छ । विश्व यस खतरानक भाईरसबाट आक्रान्त छ । संक्रमितको संख्या बढेर ३६ लाख ४३ हजार भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या २ लाख ५२ हजार उकालो लागेको छ । प्राप्त तथ्यांक अनुसार यस रोग लागेर निको हुनेको संख्या ११ लाख ९४ हजार रहेको छ ।
पछिल्लो तथ्यांक अनुसार संक्रमितको सर्वाधिक बढी संख्या अमेरिकामा १२ लाख १२ हजार नाघेको छ भने मृत्युहुने संख्यापनि अमेरिकाकै बढी, झण्डै ७० हजार पुगेको छ ।
नेपालमा यस भयानक रोगबाट अहिले सम्म कसैको ज्यान गएको पुष्टि नभएपनि संक्रमितको संख्या भने बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिए पछि नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ । यस रोगबाट निदान पाउनेहरुको संख्या बागलुङका दुईजना महिला समेत १६ रहेको छ ।
बाँके जिल्लाको नेपालगन्जमा एकै टोलका १५ जनामा कोरोना भाईरसको संक्रमण देखिएपछी त्यहाँ अहिले बिहान ११ बजे पछी पर्सि २५ गते राति १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यू (निषेधाज्ञा) जारी गरेको छ । उता कर्णाली प्रदेश सरकारले गए राति सोमबार १२ बजे देखी प्रदेशमा भित्रिने नाकाहरु सबै एक हप्ता सम्म बन्द (सिल) गरेको छ । यता बागलुङ जिल्लामा नेपालगन्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछी स्थानीय प्रशासन लकडाउनको पूर्णपालनामा सक्रिय देखिएको छ । जिल्ला प्रशासन कार्याल बागलुङले हिँजै एक सूचना जारी गरी जिल्ला बाहिर सवारी पास दिन बन्द गरेको छ । लकडाउनको महत्वपूर्ण पक्ष (कडी) सामाजिक दुरीको पालना नको बराबर भएको सर्वत्र टिप्पणी भैरहेको छ ।
यतिबेला विभिन्न गाउ एवं नगरपालिकाका वडाहरुमा सामाजिक सुुरक्षा भत्ता वितरण जारी छ । भत्ता लिन सयौँको संख्यामा भीड लागेको देखिन्छ । कम्तीमा एक मिटर सामाजिक दुरी कायम गरी भत्ता वितरण गरिएको भनिएपनि यथार्थमा त्यस्तो व्यवस्था मिलाएको देखिदैन । जिल्लाका ग्रामिण ईलाकाहरुमा सदरमुकाममा जस्तै सतर्कता अपनाउनु पर्ने स्थितिको विकास भएको छ । पालिकाहरुमा गरीव, विपन्न असहाय, मजदुरहरुलाई राहत र जेष्ठ नागरिकहरु, दलित बालबालिकाहरु, अपांगता, एकल, विधवा महिलाका लागी सामाजिक सुरक्षा भत्ता वितरणकै माचो छ । एकव्दार प्रणालीबाट राहत वितरण गर्ने निर्देशन जारी गरिएपनि आआफ्नै पारा (राजनैतिक उद्देश्य) बाट राहत वितरण गरिएका समाचारहरु प्रकाशमा आएका छन् । गरीव असहाय विपन्न मजदुरका नामा वितरण गरिने राहत सामाग्रीहरुको गुणस्तर कस्तो छ कस्ले जाँच्ने भन्ने प्रश्न पनि टडकारो रुपमा उठेको छ । राहत सामाग्रीको दुरुपयोग भैरहेको चर्चाका साथै खाद्यान्न एवं स्वास्थ्य सामाग्री ढुवानीको नाममा गलत फाईदा उठाउनेहरु सलबलाएको अवस्था छ ।
बजारमा बिक्रीमा रहेका तरकारीजन्य बस्तु साग, सब्जी, फलफुल, दुग्धजन्य पदार्थ, खाद्यान्न, आदि बाटपनि संक्रमण फैलिने संभावना रहेकोले यस तर्फपनि सरोकारवाला निकायले ध्यान दिनु आवश्यक छ । दैनिक उपभोग्यबस्तुहरुको गुणस्तर परीक्षण र कालोबजारी नियन्त्रणमा स्थानीय प्रशासनले सतर्कता अपनाउनु पर्ने उपभोक्ताहरुको माग रहेको छ ।
4 Comments