बागलुङ २०७७ बैशाख २३ । जिल्ला प्रहरी कार्यालय बागलुङमा नवागत प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीलाई आज जिल्ला सुरक्षा समितिमा स्वागत गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको अध्यक्षतामा बसेको बैठकमा नवागत प्रहरी उपरीक्षक चौधरीको स्वागत गरिएको हो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी सैजुले नवागत प्रहरी उपरीक्षक चौधरीको सफल कार्यकालको शुभकामना दिएका थिए भने नवागत प्रहरी उपरीक्षक चौधरीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफु प्रतिवद्ध रहने बताएका थिए ।
बैठकमा जिल्लामा कोरोना (कोभिड-१९) बारेमा समीक्षा गर्नुका साथै विविध निर्णयहरु गरिएको प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले बताए ।
प्रहरी उपरीक्षक चौधरी बैशाख २२ गते बागलुङ आईपुगेका हुन् ।