मित्रलाल खरेल, गल्कोट २०७७ जेठ २ । गल्कोट हटियाबाट पर्साको छिपरमाई गाँउपालिका फर्केका १४ जना मजदुरमा कोरोना संक्रमणको पुष्टि भए सँगै उनीहरुको सम्पर्कमा आएका गल्कोट नगरपालिकाका ५५ जना व्यक्तिहरुको पिसिआर परिक्षण गरिएको छ ।
संक्रमण पुष्टी भएका मजदुरहरुको सम्पर्कमा आएका १०५ जना मध्य आज हटिया स्थित गल्कोट बुहुमुखी क्याम्पस परिसरमा हरिचौरका २९ र हटियाका २६ जनाको पीसीआर (थ्रोट स्वाब) नमुना संकलन गरिएको हो । बाँकीको भोलि परीक्षण गरिने बताईएको छ ।
यसैवीच गल्कोट नगरपालिका चरौँदीकी ६५ वर्षिया महिलाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिव आएको छ । उनी उच्च ज्वरो रुघाका कारण धौलागिरी अस्पतालको आईसोलेन कक्षमा भर्ना भएकी थिईन् । उनको स्वाव परीक्षणका लागी हिँजो नै पोखरा पठाईएको थियो ।
गल्कोट हटियामा ५५ जनाको स्वाब संकलन : चरौँदीकी ६५ वर्षिया महिलाको रिपोर्ट नेगेटिव !
२०७७ जेष्ठ २, शुक्रबार १८:५८
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ श्रावण १८, सोमबार १०:२०
गलकोटको चौराहमा बस दुर्घटना ११ घाइते
२०७८ श्रावण ५, मंगलवार १४:०४
2 Comments