Sorry, that menu does not exist.
 

बागलुङ बजारका पसलहरु बिहान र साँझ गरी दिनमा ७ घण्टामात्र खोल्न पाइने !

बागलुङ २०७७ जेठ २ । बागलुङ बजारका फलफुल तरकारी खाद्यान्न तथा किराना पसलहरु भोलि देखी बिहान ४ घण्टा र साँझ ३ घण्टा गरी दिनमा ७ घण्टा खोल्न पाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले शुक्रबार एक सूचना जारी गरी भोलि जेठ ३ गते शनिवार देखी अर्को व्यवस्था नभएसम्म बागलुङ नगरपालिका भित्र बजार क्षेत्रका फलफुल तथा तरकारी, वीउविजनका पसलहरु र दैनिक उपभोग्यका खाद्यान्न तथा किराना पसलहरु बिहान ६ बजे दखी १० बजे सम्म र साँझ ४ बजे देखी ७ बजेसम्म खोल्न पाईने जनाएको छ ।

आज प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बागलुङ नगरपालिका अत्यावश्यक विपद व्यवस्थापन समिति, फलफुल तरकारी खाद्यान्न व्यवसायी, नगरपालिका र बैँकर्स एशोसियसन बागलुङबीच भएको समन्वयात्मक बैठकबाट भएका निर्णयहरुलाई कार्यान्वयनका लागी लेखि आए बमोजिम उपरोक्त निर्णय गरेको प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले बताए ।

जिल्ला प्रशासनबाट जारी सूचनामा जिल्ला स्थित वित्तिय संस्था तथा बैँकहरुलाई बिहान ११ बजे देखी दिउँसो १ बजे सम्म आलोपालो मिलाई सन्चालन गर्ने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङको सूचना

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !