Sorry, that menu does not exist.
 

गल्कोट र गुल्मी सिलले सीमा क्षेत्रमा सवारी मजदुर अलपत्र : काम लागेन प्रशासनको पासपनि !

बागलुङ २०७७ जेठ २ । गल्कोट नगरपालिका र गुल्मी जिल्ला सिल गरिएपछी बडीगाड गाउपालिका र गल्कोट नगरपालिको सीमा गिरिंदी खोलाको पुल र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वामीटक्सार जोड्ने दरमखोलाको पुलमा सवारी साधनहरु रोकिएका छन् । सवारी आवत जावत ठप्पछ ।

आवश्यक सिफारिसका कागजात सहित किरियापुत्रीहरुलाई लिएर गुल्मी हुँदै आज विहान १ बजे खर्वाङ आईपुगेको पीकअप जीपलाई वामीटक्सार प्रहरी चौकीले फर्कन नदिएर रोकी राखेको छ । पास लिएर आएका सवारी साधनहरुको त यो हाल छ भने अरुको के होला ?

गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले हिँजो नगरपालिका र बडीगाड गाउँपालिकाको सीमनामा रहेको गिरिंदीखोलाको पुलमा बार (गरालो) तेर्साएर आवागमन बन्द गर्दै लकडाउनलाई प्रभावकारी गराउन एकहप्ता सिल गरिएको बताएका थिए ।

ईबागलुङमा प्रकाशित गुल्मी र गल्कोट सिल गरिएपछीको साईड ईफेक्ट : जनजीवन प्रभावित, घाँसपात गर्न पनि समस्या ! शीर्षकको समाचार पछी नगरप्रमुख गैरेले आज हामीसंगको कुराकानीमा समाचारको पुष्टीका लागी आफुलाई सोध्नु पर्ने बताउदै नगरपालिका सिल गरेको होईन, लकडाउन प्रभावकारी बनाउन गरेको प्रयास हो भनेर भन्नु को तात्पर्य बुझ्न सकिएको छैन ।

कोरोनाको कहरलाई रोकथाम र नियन्त्रण गर्न सीमा सिल गर्नु पर्छ, सीमानामा टाईट गर्नु पर्छ तर यस्तो ढ्याप्री टाईट होईन एकजना यात्रुको यस्तो थियो पीडा । सरकारी निकायले जाँची बुझी जारी गरेको पासको पनि मान्यता नहुनु त उचित भएन कि ? स्थानीयको प्रश्न छ ।

प्रस्तुतछ, सहकर्मी कमल पौडेलले तयार पारेको स्थलगत रिपोर्ट

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !