निर्मल पौडेल, पर्वत २०७७ जेठ ३ । । पर्वत जिल्लामा स्वाब संकलन गरिएका १ सय १ जनाको रिर्पोट नेगेटिभ देखिएको छ । पछिल्लो पटक स्वाब संकलन गरी परिक्षण गरिएका थप ९ जनाको रिर्पोट नेगेटिभ आए संगै कुल १ सय १ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
जिल्लामा रहेर सामाजिक सम्पर्कमा रहदै आएका ९ जनाको स्वाव परिक्षणका लागि पठाइएकोमा रिर्पोट नेगेटिभ आएको पर्वत अस्पतालले जानकारी दिएको छ।
अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाका अनुसार पोखरा स्थित स्वास्थ्य निर्देशनालयको क्षेत्रीय प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा उनीहरुको रिर्पोट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आउने व्यक्तिहरुको विवरण भने नखुलाइएको पर्वत अस्पतालले जनाएको छ ।
यसैवीच शुक्रबार मात्र १८ जनामा कोरोना संक्रमण देखिएपछी नेपालमा संक्रमितहरुको संख्या २ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।