निर्मल पौडेल पर्वत ,२०७७ जेठ ५ । पर्वत अस्पतालमा कर्यरत स्वास्थ्यकर्मी र आम नागरिकलाई सुरक्षित गर्न तथा सुरक्षा सम्वेदनशिलताको महसुस गरी जागृति बाल तथा युवा सरोकार नेपाल तथा क्यानालान स्विटजरल्याण्डले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।
सस्थाले कोरोना भाईरसको संक्रमणले थप त्रास सृजना गरिरहेका बेला अस्पताल लाई झन्डै ४ लाख २० हजार वरावरको सामाग्री उपलव्ध गरएको हो। अस्पताल लाई सहयोग स्वरुप ४० थान पिपिई (PPE) , २५ सय थान सर्जिकल ग्लोब्स (Surgical Gloves) , ३ हजार थान टप ग्लोब्स (Top Gloves), १ हजार थान सर्जिकल मास्क (Surgical Mask), १ सय थान के एन ९५ मास्क (KN95) , १ सय बोतल सेनिटाईजर (Senitizer) र ५ थान थर्मल गन (Thermal Gun) गरि कुल रु. ४ लाख १५ हजार ७सय ४८ बराबरको सामान उपलब्ध गराएको हो। उक्त सामानहरु जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले पर्वत अस्पतालका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेण्डेण्ट डा. शिशिर देवकोटालाई एक कार्यक्रमका विच हस्तान्तरण गरेका हुन ।
सामाग्री वुझ्दै अस्पतालको अनुरोधका आधारमा सहयोग जुटाउने सहयोगी संस्थाका अध्यक्ष मानवअधिकार एलाइन्सका केन्द्रिय सदस्य तिलोत्तम पौडेल प्रति अस्पतालको तर्फबाट पहाडीले धन्यवाद व्यक्त गरे। पहाडीले भने “नेपालमा कोरोनाको महामारी अव बल्ल प्रारम्भ हुन लागिरहेको समयमा यो सहयोग हाम्रा लागि अति महत्वपूर्ण हुनेछ र यसलाई अधिकतम परिचालन गरिनेछ ।”यसैगरी मानवअधिकार एलाइन्सका केन्द्रिय सदस्य तिलोत्तम पौडेलले कोरोना भाइरस बाट बच्न तथा हुनसक्ने जोखिम को सजकताका लागि अस्पतालको अनुरोधमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए । पौडेलले पहिलो चरणमा अहिलेको अस्पतालको माग अनुसार उक्त सामाग्री उपलब्ध गराएको र आउने दिन हरुमा पनि आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले सहयोगी सस्थाले सामाजिक उत्तरदायित्व वहन गरि सहयोग गर्नु निकै सह्रानिय भएको भन्दै अन्य सस्थाहरुले पनि सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए।