केहरसिंह राना गल्कोट रिघा २०७७ जेठ ५ । गल्कोट नगरपालिका वडा नं. ११ रिघामा वडा समितीको बैठक आइतबार रिघामा सम्पन्न भएको छ । उक्त बैठकमा आर्थिक वर्ष २०७६÷७७ को नगरको कार्यक्रम अनुसार वडा नंं. ११ रिघामा भएको झन्डैै २ सय निवेदनको अधारमा ४० घरधुरीलाई खरको छाना विस्थापित गरी टिनको छाना छाउने कार्यक्रम अन्तर्गत ४० जनाको नाम सँकलन गरिएको छ ।
यसैविच रिघाली समाज कतारले राहत वितरणमा ३० हजार सहयाग गर्ने बताएको र रिघा स्वास्थ्य चौकी नजिकै रहेको छिछिम्म्रा प्रविमा १० बेडको क्वारेन्टाइन बनाउने कार्य सम्पन्न गरिएको वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारी दिए ।
त्यस्तै श्रीसले नागरिक सचेतना कार्यक्रमको रकम र कोरोना रोकथाम कोषबाट कोरोना भाइरस नियन्त्रणका लागी क्वारेन्टाइन बनाउने , भाइरस सम्बन्धी नागरिकमा सचेतना कार्यक्रममा खर्च गर्ने निर्णय गरेको जानकारी दिए । कोभिड १९ को सम्बन्धमा लकडाउनलाई प्रभाकारी रुपमा अगाडी बढाउनको निम्ती रिघामा रहेको सबै संघ संस्थाहरु र राजनिति दलहरु सँग समन्वय गर्ने र बाहिरी तेस्रो मुलक बाट आएको नागरिकहरुलाई निगरानी गर्ने र क्वारेन्टाइनमा राख्न रिघा स्वास्थ्य चौकी सँग समन्वय गरेर अगाडि जाने निर्णय समेत गरेको अध्यक्ष श्रीसले जानकारी दिए ।
त्यस्तै जनता आवास कार्यक्रममा ६ जना छनोट भएकोमा यस कार्यक्रमलाई अगाडि बढाउनको निम्ती वडा कार्यलयले सहकार्य गरेर अगाडि बढने निर्णय गरीएको छ । रिघामा बैदेशिक रोजगारीमा रहेकोमा ४ सय ३९ को नामावली पनि सँकलन गरिएको र छुटेको भए पछि समावेश गर्ने गरी वडा कार्यलयले निर्णय गरेको छ ।
रिघाबाट कतार ४०, मलेसिया ५३ , ओमन ४, अष्ट्रेलिया ५, कोरीया १२, भारत ८८, दुबै ५४, इराक ४ , क्यानडा २, ट्रर्की ३, माल्टा ७, पोर्चुगल ३ , अमेरिका २, फिनल्याड १, साउदी ७५, जापान ३९, कुवेत ९, बहराइन १, सिंगापुर १, हङकङ १०, युके १८, मकाउ १, इराक ४, स्पेन १, बेल्जियम १, इजराइल १ जना गरी जम्मा ४३९ जना बैदेशिक रोजगारीलागी गएको तथ्यांक रहेको छ ।
फाइल फोटो
3 Comments