निर्मल पौडेल ,पर्वत जेठ ६ । विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिरहेको कोरोनाको कारण गाउँ फर्केका युवाहरु मन्दिर निर्माणमा अग्रसर भएका छन।
पर्वतको फलेवास नगरपालिका वाड नम्वर ७ लिमिठाना स्थायी घर भएर रोजगारी तथा अध्ययनको शिलशिलामा देशका विभिन्न स्थानमा रहदै आएका तथा यतिबेला गाउँमा रहेका युवाहरू आफ्नो कुल मन्दिर निर्माणमा जुटेका हुन् ।
लिमिठाना आँटिघर स्थित आत्रेय गोत्रिय पौडेल वन्धुहरुले सोमवार कुल मन्दिरको शिलन्यास समेत गरेका छन् । पौडेल वन्धुका जेष्ठ सदस्य वालाकृष्ण पौडेलले पुजाआर्चना गरे संगै मन्दिरको शिलान्यास गरिएको हो। सामाजिक दुरी कायम गर्दै पौडेल बन्धुहरुले एकआपसमा भेला भइ मन्दिर शिलान्यास गर्न लागि परेका हुन्। सोही भेला मार्फत जुजारु युवा अमित पौडेलको संयोजकत्वमा आर्थिक संकलन समिती समेत गठन गरेर आवश्यक रकम संकलन गर्नुका साथै उत्साहका साथ गाउँका युवा, दाजुभाइ दिदिबहिनी र आमा बुबाहरु समेत जनश्रमदानमा लागि परेका छन।
दशकौं पुस्ता देखि निर्माण हुन नसकेको मन्दिर यो लकडाउनको समयको सदुपयोग गरि केही दिनभित्रमा निर्माण सम्पन्न गर्ने युवाहरूको भनाइ छ।कुलमन्दिरको निर्माण पश्चात् ठाँटी र अन्यत्र कुनै ठाऊँमा शिव मन्दिरको पनि निर्माण गर्ने युवाहरु वताउछन।
2 Comments