बागलुङ २०७७ जेठ ६ । भारतको उत्तराखण्डबाट जेठ २ र ३ गते कैलाली प्रवेश गरेका बागलुङ गल्कोट नगरपालिकाका ६ जना, ढोरपाटन नगरपालिकाका ८ जना र तमानखोला गाउपालिकाका २ जना गरी १६ जनालाई बागलुङ नगरपालिका र जिल्ला प्रहरी कार्यालय बागलुङको समन्वयमा सम्वन्धित पालिकाहरुमा पठाईएको छ ।
उनिहरुलाई कैलालीबाट जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा बा ५ ख ५७५६ नंको यात्रु बसबाट बागलुङ पठाईएको हो । बस हिँजो राति ११.३० बजे मालढुंगा आईपुगेको थियो । आफन्त सुत्केरीलाई भेटन कैलाली गएका लकडाउनका कारण उतै रहेका बागलुङ नगरपालिका १० भकुण्डेका ३ जना पनि सोही बसमा आएका छन् ।
भकुण्डेका तीनजनालाई धौलागिरी प्राविधिक शिक्षालय कुँडुलेमा क्वारेन्टाईनमा राखिएको छ भने अन्यलाई सम्वन्धित पालिकाहरुमा क्वारेन्टाईन राख्ने गरी सोहि बसमा पठाईएको छ ।
तस्वीर सौजन्य राम शर्मा, बागलुङ ।
8 Comments