मनका कुरा सबै उसैसंग खोलेर त रुदैछु
आगोले जस्तै मुटु भतभत पोलेर त रुदैछु।
दुख पर्दा साथ दिने भन्दा रमाउने धेरैछन
दुनियाको अगि सत्यकुरा खोलेर त रुदैछु।
***
कोमल छ मन कठोर कति छैन के गरु ?
जिन्दगी आफुले सोचे जति छैन के गरु ?
दिलमा चोट गहिरो लागेको छ हेर यहाँ
उपचार गरौ भने कुनै ओखती छैन के गरु ?
***
फाटेको यो मन एकपटक फेर्ने इच्छा छ।
अतीतका कहानीहरु पानामा केर्ने इच्छा छ।
तिमी म बाट जति धेरै टाढा भए पनि सानू
जीवनमा सधैसधै तिम्रै खुसी हेर्ने इच्छा छ।
सबिता खत्री ‘जिज्ञासु’
ताराखोला