Sorry, that menu does not exist.
 

मन्त्री अर्यालव्दारा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्शा सार्वजनिक !

बागलुङ २०७७ जेठ ७ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्थमन्त्री पदमा अर्यालले नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।

यसघिको नक्सामा गुञ्जी, नाबी कुटी लगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् । उनले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment