छविलाल पाण्डे, बुर्तिवाङ २०७७ ज्ठ ७ । निसीखोला गाउँपालिकाले लकडाउनलाई थप व्यवस्थित गर्ने भएको छ । बुधबार गाउँपालिकाको आयोजनामा सर्वदलीय, सर्वपक्षिय छलफलको आयोजना गर्दे अवका दिनमा पालिकाभित्र लकडाउनलाई थप प्रभाबकारी बनाउने, प्रत्यक वडामा क्वारेन्टाईन निर्माण गर्ने, प्रकोप कोष अगाडी बढाउँदै फुड बैँक स्थापना गर्ने, तेश्रो मुलकबाट आउने पालिकाका नागरीकलाई दुई हप्ता अनिवार्य क्वारेन्टाईनमा राख्ने लगाएतका विषयमा छलफल एवम निर्णय गरिएको हो ।
गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको विशेष उपस्थिती, गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, उपाध्यक्ष शोभा कार्की, ७ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, राजनैतिक दलको तर्फबाट नेकपाका प्रेम घर्ती, नेपाली काँग्रेसका राजमान बुढा, राजमोका थमन घर्ती, राप्रपाका दिपक कुवँर समाजसेवी, बुद्धिजिवी , कर्मचारी लगाएतको उपस्थितीमा भएको छलफलबाट निसीखोला गाउँपालिकालाई भोलीदेखिनै पूर्णरुपमा सिल गर्ने, पालिकाका सबै नाकामा कडाई गर्ने निर्णय गरीएको छ ।
त्यसैगरी एम्बुलेन्स लगायत अत्याबश्यक सवारीका साधन बाहेक अन्य सवारी चल्न नदिने, हालसम्म पालिकाले बनाएको क्वारेन्टाईनलाई थप बनाउँदै प्रत्यक वडामा वडाका जनप्रतिनधिको रहोवरमा रहने गरी क्वारेन्टाईन स्थल निर्माण गर्ने, पालिका भित्रका गरीव, विपन्न परिवारलाई दोश्रो पटक राहत वितरणका निम्ती कार्यक्रम अगाडी बढाउँदै पालिकाले सञ्चालनमा ल्याएको प्रकोप कोषलाई अगाडी बढाउँदै सहयोग गर्ने दातालाई कोषमा रकम जम्मा गर्न आग्रह गर्ने निर्णय भएको छ ।
फुड बैँक स्थापना गरी पालिकाव्दारा स्थानिय स्तरमा उत्पादित खाध्य बस्तु जम्मा गर्ने र सहयोग गर्न चाहानेलाई समेत बैँकमा खाद्यान्न जम्मा गर्न अपिल गर्ने, भारत लागएत तेश्रो मुलुकबाट आउने पालिकाका नागरिकलाई गाउँ फर्किएपछि दुई साता अनिवार्य क्वारेन्टाईनमा राख्ने लगाएतका निर्णय गरिएको छ ।
प् लभधक जय
One Comment