Sorry, that menu does not exist.
 

गल्कोट नगरकार्यपालिकाको बैठक सम्पन्न : चालु आवका योजनाको समीक्षा !

गल्कोट, २०७७ जेठ ७ । गल्कोट नगर कार्यपालिकाको ३६ औं बैठक सम्पन्न भएको छ । बैठकमा नगरपालिकाले चालु आर्थिक बर्षमा गरेका योजनाको प्रगति समिक्षा गरेको नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले ईबागलुङलाई बताईन । बैठकमा राजस्व संङ्कलन, कृषि, शिक्षा, स्वास्थ्य लगायतका विषयमा भएको कार्यहरुको समीक्षा र आगामि दिनमा प्रभावकारी वनाउने, झोलुङ्गे पुल निर्माणको लागी प्राथमिकीकरण गरी पठाउने, आगामी वर्षको नीति तथा वजेट कार्यक्रमको प्रारम्भिक छलफल, स्वास्थ्य, कृषि सम्वन्धि विधेयकहरु तयार गर्ने, कोरोना राहत कोषमा १ करोड रकम जम्मा गर्ने पिसीआर टेष्टको लागी प्रदेश र संघीय सरकारसंग छलफल गर्ने, विदेशबाट तथा वाहीरी जिल्लाबाट गल्कोट नगरपालिकामा प्रबेश गर्ने नाकामा सम्पर्क व्यक्ति तोक्ने, खाद्य वैङ्कको स्थापना गर्ने, नियमित दीर्घरोगीहरुको लागी औषधि आपुर्तिमा सहज वनाउने, क्वारेन्टाइन व्यवस्थापन गर्नका लागि कार्यविधि वनाएर प्रभावकारी वनाउने लगाएतका बिषयमा छलफल गरिएको गःकोट नगरपालिकाका प्रबत्ता हिम बहादुर भण्डारी –हेमन्त)ले जनाकारी दिए ।

बैठकमा सवारी साधनलाई सुरक्षीत वनाउन स्यानिटाईज गर्ने, प्रत्येक टोलमा महिला स्वास्थ्य समुदाय कार्यक्रम सञ्चालन गर्ने जसमा स्वयम्सेविका स्वास्थ्यकर्मी र डाक्टरहरु परिचालन गर्ने, त्यस्तै समुदाय शिक्षा कार्यक्रम अन्तर्गत शिक्षकहरुको हकमा १५ देखि २० जना विद्यार्थीलाई समावेश हुनेगरी शिक्षक परिचालन गरी विद्यार्थीलाई पढाईप्रति ध्यान केन्द्रित गर्न लगाउने, पाठ्य पुस्तक घरघरमा पुयाउने, गृहकार्य गर्न लगाउने, गृहकार्यको चेक जाच गर्ने निर्णय भएको वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले बताए । क्वारेन्टाइन प्रभावकारी वनाउन विदेशवाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने शिक्षकहरुको मासिक तलववाट सात दिन, अन्य अधिकृतहरुको हकमा ५ दिनको र अन्य ना।सु। तल्लो तहको ३ दिनको तलव कटौटी गरी कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत तुल बहादुर बिकले जानकारी दिए ।
बैठक नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !