कमल पौडेल, बडीगाड २०७७ जेठ ८ । बुधवार रातको समयमा बडीगाड गाउपालिका वडा नं २ स्थित एकघरमा भीषण आगलागी भएको छ । आगलागीबाट २ लाख भन्दा बढीको क्षेती भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीमा मानवीय क्षती भने भएन तर सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । रातिको समयमा एक्कासी आगलागी भएको देखेपछी छरछिमेकीहरु, प्रहरी लगायतको सक्रियतामा आगो निभाउने प्रयास गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार तर आगो यसरी अह्वारह्वारती दन्कियो कि कुनै सामान जोगाउन सकिएन । राति ९ बजे पछि भएको आगलागि प्रहरी र स्थानियको सक्रियतामा राति ११ बजे पछि नियन्त्रणमा आएको थियो। घर र गोठ एकैठाउँमा तथा खरको छानो भएको र राती भएकोले गोठमा बाँधीएका पशु फुकाउनु बाहेक केहि जोगाउन नसकिएको र २ लाख ४५ हजार बरावरको क्षति भएको खर्वाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक गुरु प्रसाद न्यौपानेले बताए ।
घर धनी सुरज कुमालले मदिरा सेवन गरी मात्तिएर घरमा श्रीमती राधिका र छोरा छोरीलाई पिट्न थालेपछि भागेको र सोहि समयमा सुरजले नै आफ्नै घरमा आगो लगाएको स्थानियले बताएका छन्। पीडित राधिकाले श्रीमान्ले आफुहरुलाई कुट्न थालेपछि छोराछोरी हातमा लिइ ज्यान वचाउँन छिमेकीको घरमा पुगेको त्यतिनै बेला रिसले चुर भएका श्रीमान्ले आगो लगाएको बताइन्।
घरमा आगो लगाएर घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानियले घर भित्रैबाट निकालेका थिए। आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्वाङमा राखेको छ। घटनाको थप अनुसन्धान भैरहेको र आरोपित सुरजलाई जिल्ला चलान गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ।
यस वर्ष वडा कार्यालयले खरको छानो विस्थापित गरि टिनको छाना लगाउने गरि तयार गरिएका सवै काठ सहित सिँगो घर गोठ नै जलेपछि परिवार विचल्लीमा परेको छ। दैनिक रुपमा ज्याला मजदुरीवाट गुजारा गर्दै आएको परिवारमा लत्ता कपडा सहित घरमा भएको सवै जलेपछि विचल्लीमा परेको हो। परिवारमा श्रीमान्, श्रीमती सहित ३ छोरा र १ छोरी रहेका छन्। जेठो छोराले काठमाडौंमा होटलमा काम गर्ने गरेपनि अहिले बन्दाबन्दीले समस्या परिरहेको र घरमा रहेका छोरा छोरी साना भएकोले थप समस्या पर्ने देखिएको हो। अहिले छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङले त्रिपाल सहित सहयोग गर्ने अध्यक्ष होमनाथ अर्यालले जानकारी दिएका छन् । विचल्लीमा परेको सो परिवारलाई सहयोगको खाँचो देखिएको छ।
आगलागी घटनाका सम्वन्धमा सहकर्मी कमल पौडेलले तयार पारेकाे स्थलगत (लाईभ) रिपोर्ट –