सोम शर्मा, बागलुङ २०७७ जेठ १३ । भारतको दिल्लीबाट सुनौली नाका हुँदै आज बिहान बागलुङ बजार आईपुगेका एक युवकलाई उच्च ज्वरोका कारण धौलागिरी अस्पतालको आईसोलेसन रुममा राखिएको छ । बागलुङ नगरपालिकाका २३ वर्षिय युवक सुनौलीबाट बडीगाड गाउपालिकाको खर्वाङ जाने बसमा चढेर बागलुङ बजार आएका हुन् । उनलाई बागलुङ नगरपालिका-१ रामरेखाको क्वारेन्टाईनमा राखिएका थियो ।
बागलुङ सदरमुकाम आउने बेला सम्म युवकको अवस्था राम्रो थियो तर यहाँ आई सकेपछी उनलाई उच्च ज्वरो आएकाले आज साँझ अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए ।
धौलागिरी अस्पतालका सूचना अधिकृत तीर्थ गौतमले निज युवकलाई उच्च ज्वरोका कारण अस्पतालको आईसोलेसन रुममा राखिएको छ, उनको अवस्था सामान्य छ । गौतमले भने भोलि उनको स्वाब कलेक्शन गरेर परीक्षणका लागी पठाईने छ ।
5 Comments