Sorry, that menu does not exist.
 

अलपत्र ५० जना आज बरेङ भित्रिदै, गाडीभाडा सहित पालिकाद्वारा उद्दार !

केशबराज क्षेत्री, बरेङ २०७७ जेठ १५ । कोभिड-१९ का कारण भारतमा रोजगारीबाट वञ्चित भै बागलुङको बरेङ गाउँपालिकामा आज करिब ५० जना नागरिक भित्रिदै छन् । हालसम्म भारतबाट बरेङ गाउँपालिकामा भित्रिएर क्वारेन्टाइनमा बस्नेको संख्या ३४ पुगेको पालिकाका प्रशासन योजना शाखाका अधिकृत रामचन्द्र शर्माले बताए ।

”शर्माले भने” भारतबाट भित्रिएकाहरु मध्ये बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोटमा १ जना, वडा नम्बर २ हुग्दिशिरमा १६ जना, वडा नम्बर ३ बाटाकाचौरमा ६ जना, वडा नम्बर ४ सल्यानमा ९ जना र वडा नम्बर ५ सुखौरामा २ जना गरी जम्मा ३४ जना ५ वटै वडाका फरक फरक गरि जम्मा १० वटा सामुदायिक विद्यालयहरुको क्वारेन्टाइनमा बसेका छन् ।

त्यस्तै बुधबार बसेको बरेङ गाउँकार्यपालिकाको बैठकले भारतबाट भित्रिने बरेङ गाउँपालिकाका नागरिकहरुको लागि १ हजार ३ सयका दरले यातयात खर्च दिने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले नेपाल र भारत बीचको सीमा नाकाबाट गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनस्थलसम्म लाग्ने प्रचलित सवारी भाडा दर प्रतिव्यक्ति १ हजार ३ सय रुपैयाँका दरले स्वयम व्यक्तिलाई भुक्तानी गर्ने निर्णय गरेको हो ।

सरकारी भाडादर अनुरुप प्रतिव्यक्ति १३ सय रुपैयाँ दिने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको भनाई छ । अहिले क्वारेन्टाइनमा रहेका ३४ नागरिकहरुलाई समेत सो दरमा रकम उपलब्ध गराईने थापाले बताए ।

भारतबाट अझै बरेङका नेपाली नागरिकहरु भित्रिने क्रममा छन् भारत नेपाल सीमामा सम्पर्कमा आएका व्यक्तिहरुलाई पालिकाले संयोजन गरिरहेको र लिने प्रक्रियामा रहेको छ । कागजी प्रक्रिया र गाडिको व्यवस्था गर्दा केही समय ढिला भयो भन्दैमा नआत्तिन पालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी गराए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment