Sorry, that menu does not exist.
 

काठेखोला गाउँपालिका वडा नम्बर १ पालाकोट पुर्ण रुपमा सिल !

रनिश रानामगर बागलुङ २०७७ जेठ १५ । काठेखोला गाउँपालिका वडा नम्बर १ पालाकोटले आफ्नो वडा पुर्ण रुपमा सिल गरेको छ । पछिल्लो समय बागलुङमा फेरी ६ जनामा कोरोना देखिए सगै वडामा कोरोनाको प्रभाव फैलिन नदिनको लागि वडा कार्यालयबाट सुचना प्रकाशित गरि वडालाई सिल गरिएको वडा अध्यक्ष खडक थापाले जानकारी गराए।

आज बसेको वडा समिति तथा विपद व्यवस्थापन समितिको पुर्ण बैठकले वडा भित्र भएर जाने मध्य पहाडी लोकमार्ग बाहेक अन्य शाखा मोटर बाटोमा गुड्ने सवारी साधनलाई पुर्ण रुपमा रोक्ने र खाद्यान्न सामग्री ढुवानी गर्न आईतबार र बुधबार वडाको सिफारिसमा ढुवानी गर्न दिइने,र निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनलाई विहान र वेलुकीको समयमा ढुवानी गर्न दिइने बताए । छिमेकी वडाका सवारी साधनलाई यस वडाको बाटो प्रयोग गर्न नदिन तथा सामुहिक हिड्डुलमा रोक लगाउन प्रत्येक टोल समितिलाई जिम्मा दिइएको अध्यक्षले बताए ।

बडाले स्थापना गरेको फुड बैङ्कमा अार्थिक तथा जिन्सी सामग्री सहयोग गर्न वडाबासीलाई अपिल गरे। साथै यस वडाका कर्मचारीलाई अनिवार्य आफ्नो परिचय पत्र साथमा लिइ कामकाज गर्न पनि अनुरोध गरिएको छ। खाद्यान्न तथा दुध ढुवानी गर्ने सवारी साधनमा यात्रु अोसार पसार गरेको पाईए कानुन अनुसार कारवाही गरिने अध्यक्ष थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment