सोम शर्मा, म्याग्दी २०७७ जेठ १५ । म्याग्दी पनि कोरोना संक्रमित जिल्लामा दरिएको छ । हालै भारतबाट फर्किएका म्याग्दी जिल्ला मालिका गाउपालिका ४ ओखरबोटका एक जना युवामा कोरोना संक्रमण पुष्टि भएपछी म्याग्दीमा कोरोना संक्रमणको सन्त्रास बढेको छ ।
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीले भारतको सुनौली नाका हुँदै भैरहवाबाट जेठ ९ गते बेनी बजार आएर क्वारेन्टाइनमा राखिएको थियो। हिंजो स्वाब कलेक्सन गरी परीक्षणका लागी पठाईएकोमा आज उनको रिपोर्ट पोजेटिभ आएको छ, संक्रमितको अबस्था सामान्य रहेको ईबागलुङलाई जानकारी दिए।
बेनी नगरपालिका बेनी बजार स्थित न्यूवेष्ट प्वाईन्ट बोर्डिङ स्कूलको क्वारेन्टाईनमा रहेका १४ जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागी पोखरा पठाईएकोमा ओखरबोटका निज युवक एक जनामा संक्रमण पुष्टि भएको हो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।