सोम शर्मा, बागलुङ २०७७ जेठ १७ । यतिखेर धौलागिरी अस्पताल तमानखोला गाउपालिकाका ४ र बडीगाड गाउपालिकाका २ जना कोराना संक्रमितलाई आईसोलेसन कक्षमा राखिएको विषयले मात्र नभएर एक अर्को बिषयले चर्चामा आएको छ । यो अस्पताल कोभिड-१९ डेडिकेटेड अस्पतालको रूपमा घोषित भएको हँदा यहाँ कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू समेत १ सय ६९ जनाको लागी कोभिड १९ प्रोत्साहनको रूपमा जोखिम भत्ता मासिक ३८ लाख २९ हजार ५ सय ३९ रूपयाँ ५० पैसाका दरले चैत, बैशाख, जेठ र असार गरी ४ महिनाको जम्मा १ करोड ५३ लाख १८ हजार १ सय ५८ रूपयाँ निकासाका लागी सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरामा लेखी पठाईएको पत्रका कारण चर्चामा आएको हो ।
अस्पतालका नि. प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पोखरेलले शुक्रबार अस्पतालमा पत्रकार भेटघाट कार्यक्रम राखी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरूका लागी कोभिड १९ जोखिम भत्ता निकासा सम्वन्धमा गत जेठ ११ गते सामाजिक विकास मन्त्रालय पोखरालाई गरिएको पत्राचारका बारेमा जानकारी गराए । नेपाल सरकारको निर्णयानुसार पाउने जोखिम वा प्रोत्साहन भत्ता सम्वन्धमा सरोकारवाला निकायमा पत्राचार भैसकेको अवस्थामा पत्रकार भेटघाट कार्यक्रम राखी आन्तरिक कुराहरू सार्वजनिक गर्नु कति जायज हुन्छ त्यो आफ्नो ठाउमा छ, तर केहि दिन यता धौलागिरी अस्पताल पत्रकार सम्मेलनको रोगबाट ग्रस्त चाहीँ देखिएको छ । अस्तिमात्रै अस्पताल व्यवस्थापन समितिले एक जना अपांगता भएकी कर्मचारीको सन्दर्भलाई लिएर बकाईदा पत्रकार सम्मेलन नै गरेको थियो भने आज सिमेअ पोखरेलले पत्रकार भेटघाट कार्यक्रम राखी सामाजिक विकास मन्त्रालय पोखरामा जोखिम भत्ता माग गरिएको बारे खुलासा गरेका छन् ।
पत्रकार भेटघाट कार्यक्रममा डा पोखरेलले अस्पतालमा कार्यरत चिकित्सक सहित १ सय १३ जनालाई जोखिम भत्ता शतप्रतिशतले मासिक रू २९ लाख ९१ हजार २ सय ७२, केहि चिकित्सक सहित २५ जनालाई जोखिम भत्ता (प्रोत्साहन) पचहत्तर प्रतिशतले मासिक रू ५ लाख १७ हजार ४ सय ३२ ?पयाँ ५० पैसा र ३१ जना अन्य कर्मचारीहरूलाई जोखिम भत्ता मासिक रू३ लाख २० हजार ८ सय ३५ समेत जम्मा मासिक रू ३८ लाख २९ हजार ५ सय ३९ र पैसा ५० माग गरिएको विवरण सार्वजनिक गरे ।
पत्रकार भेटघाटका अवसरमा कोरोना संक्रमितहरूको उपचारमा संलग्न चिकित्सक स्वास्थ्यकर्म कर्मचारी जोजो अग्रपंक्तिमा रहेका छन उनिहरूका लागी प्रतिशतका आधारमा भत्ता मागगर्नु मुनासिब हुन्छ, अस्पतालमा रहेका सबका सब कर्मचारी स्वास्स्थ्यकर्मीहरूलाई जोखिम भत्ता माग्न अस्वाभाविक भएन र भन्ने प्रशंगमा डा. पोखरेलले अस्पतालामा काम गर्ने सबैलाई उच्च जोखिमको साथमा काम गर्नुपर्ने भएकोले सबैले जोखिम भत्ता पाउनुपर्ने भनेर हामीले सबैको नाम पठाएका हौं । यस्तो जोखिममा अहोरात्र खटिनुपर्ने हामीलाई यसले अझ प्रोत्साहन गर्छ तर यसको बारेमा अनाबश्यक अफबाह फैलाएकोमा दु:खेसो समेत ब्यक्त गरे । तर जोखिम भत्तालाई लिएर कसले अफबाह फैलायो ? त्यो भने डा पोखरलेले बताएनन् । उनले सरकारको निर्देशिका अनुसार नै उक्त जोखिम भत्ताको माग गरिएको जानकारी दिए ।
यस बिषयमा सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशका प्रबक्ता तेजप्रसाद काफ्लेसंग बुझ्दा स्वास्थ महाशाखामा माग भै आएको त हो तर त्यस उपर कसरी भुक्तानी दिने भन्ने निर्णय अझै नभैसकेको जनाए । मानानीय मन्त्रीज्युको अध्यक्षतामा बैठक बसेपछी उहांको निर्देशन अनुसार हामी चलल्ने हो । अस्पतालले पठाएको सबै बिबरण सही भएको या नभएको त्यो हामीले आबश्यक जांच गरे पश्चात यस्को निर्णय गर्ने बताए ।
स्मरणीयछ, चैत महिनाको दोश्रो साता बानपा-४ कुँडुलेकी १९ वर्षिया युवती र बानपा-३ गौँडाकोटकी ६५ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएपछी उनिहरुको धौलागिरी अस्पतालको आईसोलेसन कक्षमाभमर्ना गरी निको भएपछी घरमा गएका थिए ।
6 Comments