छविलाल पाण्डे, बुर्तिवाङ २०७७ जेठ १६ । बागलुङको पश्चिम क्षेत्रमा भारतबाट आएका नागरिकहरुको स्वाब नमुना संकलन (पीसीआर) गरिएको छ । हिजो बडीगाड गाउँपािलकामा ३१ जनाको स्वााब नमुना लिईएको थियो भने आज निसीखोला गाउँपालिकाको ४९ जनाको स्वाब नमुना लिइईएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
गत सोमबार निसीखोला, ढोरपाटन र तमानखोला गाउँपालिकाका ३० जनाको पिसीआर लिइएकोमा ६ जनामा कोरोना सँक्रमण देखिएको थियो । त्यस्तै हिँजो र आज गरिएको पीसीआरको रिर्पाट आइतबार सम्म आउने बताइएको छ । पाँचदिन पहिले भारतहुँदै नेपाल आएका उनिहरुको स्वाब संकलन गरीएको र बाँकीको पुन संकलन गरिने बताईएको छ ।
बागलुङ नगरपालिकामा समेत आज ५ जनाको पिसीआर परीक्षण गरिएको छ । जेठ १६ गते जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जारी गरेको सूचना अनुसार भारतबाट ८ सय २८ जना नागरिक बागलुङ जिल्लामा भित्रिएर क्वारेन्टाईनमा बसेका छन् । जसमध्ये ६ जना कोरोना सँक्रमित हुन उनिहरुलाई धवलागिरी अस्पत्ताल बागलुङको आईसोलेसनमा राखी उपचार भैरहेको छ ।
यसैगरी भारतबाट आउनेको सँख्या निरन्तर बद्दो क्रममा रहेको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । आज मात्रै थप ५५ जना नागरीक पालिका भित्रिएको अध्यक्ष पौडेलले ईबागलुङलाई जानकारी दिए ।