Sorry, that menu does not exist.
 

गल्कोट नगरपालिकामा क्वारेन्टाईन गरिएका २६ जनाको स्वाब संकलन !

थम्मन थापा, गल्कोट २०७७ जेठ १७ । गल्कोट नगरपालिकामा क्वारेन्टाईनमा बसेकाहरुको आज स्वाब संकलन सुरु गरिएको छ । छिमेकी मुलुक भारतबाट जेठ ११ गतेसम्म नगर प्रवेश गरेका २६ जना नागरिकको स्वाब संकलन गरिएको गल्कोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिए। नगर भित्र कोरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिम कम गर्दै उच्च सतर्कता अपनाउन पीसीआर परिक्षणको दायरा अगाडि बढाइएको प्रवक्ता भण्डारीको भनाई छ ।

गल्कोट नगरपालिका वडा नं १ दुदिलाभाटी स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनका ९ जना, वडा नम्बर २ स्थित नरेठाँटी स्वास्थ्य चौकीको नयाँ भवनको क्वारेन्टाइनका ५ जना, वडा नम्बर ३ स्थित गल्कोट बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनका ५ जना, वडा नम्बर ४ स्थित खरुवा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनका ६ जना र १ जना चालकको स्वाब संकलन गरिएको नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिईन। भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको र रोजगारीको सिलसिलामा भारत गएका नागरिक धमाधम फर्कन थालेको हुँदा नगर भित्र संक्रमण फैलिन नदिन क्वारेन्टाइन व्यवस्थापन सँगै कोरोना परीक्षणलाई पनि सँग सँगै अगाडि लागिएको नगर उपप्रमुख काउचाले बताईन। चेक जाँच गरेपछि क्वारेन्टाइनमा बसेकाहरु पनि ढुक्क हुने र परिवार र टोल छिमेकमा समेत त्रास कम हुने नगरपालिकाले विश्वास लिएको छ ।

स्वाब संकलनको लागि ल्याव टेक्निशियन मनोज पुन, हटिया स्वास्थ्य चौकीका प्रमुख दिलु सुवेदी सहित जनप्रतिनधिको टोली सम्बन्धित ठाउँमा पुगेको थियो । स्वाब संकलनको लागि चाहिने आवश्यक किट तथा सामग्री जनस्वास्थ्य कार्यालय बागलुङले पठाएको थियो । जेठ ११ गते सम्म गलकोट नगरपालिकामा प्रवेश गरी विभिन्न वडामा रहेका क्वारेन्टाइनमा रहेका नागरिकको स्वाब संकलन गरिएको हो । भोलि आईतबार पनि स्वाव संकलन जारी रहने बताइएको छ । भोलि गल्कोट नगरपालिका वडा नं ११ रिघामा जेठ १२ गते आएका १८ जनाको स्वाव संकलन गरिने जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !