Sorry, that menu does not exist.
 

भारतबाट घर फर्किएका गल्कोटबासीहरुका लागी नगरपालिकाले गरेका प्रयासबारे के भन्छन प्रवक्ता भण्डारी ?

मित्रलाल खरेल, गल्कोट २०७७ जेठ १८ । कोरोना संक्रमणले विश्वव्यापी रुप लिएपछी रोजगारीका लागी भारत लगायत तेश्रो मुलुक गएका बागलुङ जिल्लाबासीहरु फर्कने सिलसिला जारी छ । खासगरी अहिले छिमेकी मुलुक भारतबाट घर फर्कन चाहने जिल्लाबासीलाई सम्वन्धित पालिकाहरुले समन्वय गरेर सवारी साधनहरुको आवश्यक व्यवस्थापन गरी उनिहरुलाई घरमा ल्याउने कार्य गरिरहेका छन् ।

बागलुङ जिल्लाको गल्कोट नगरपालिकाबाट रोजगारीका लागी विदेश रहेकाहरुको संख्या निकै नै छ । यस नगरपालिकामा स्थायी घर भै विदेशमा रहेका गल्कोटबासीको संख्या ६ हजार ४ सय भन्दा बढी रहेको छ । गल्कोट नगरपालिकाबाट जापानमा गएकाको संख्या सर्बाधिक २८१३ छ भने खाडीमुलुकमा जानेको संख्या ११७८ छ र भारतमा गएकाहरुको संख्या ९ सय ७० छ । कोरोना संक्रमणका कारण खासगरी भारतमा रहेका गल्कोटबासीहरु फर्किने सिलसिला जारी छ ।

गल्कोट नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीका अनुसार भारतबाट हालसम्म ८७ जना गल्कोट फर्किएका छन भने उनिहरुलाई विभिन्न विद्यालयहरुमा बनाईएका क्वारेन्टाईन कक्षमा राखिएको छ । भारतबाट आएको ५ दिन पुगेका २५ जना र एक जना चालकको गरी २६ जनाको स्वाब नमुना संकलन गरी परीक्षणका लागी पोखरा पठाईएको छ ।

हाल भारतबाट गल्कोट नगरपालिका फर्कीरहेका गल्कोटबासीहरुको व्यवस्थापन तथा कोरोना कोभिड १९ संक्रमण फैलिन नदिन नगरपालिकाले गरेका प्रयासबारे गल्कोट नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष भण्डारीसंग ईबागलुुङले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !