Sorry, that menu does not exist.
 

कविता : गुलाव र भवँरा

वागमा सवै प्रजातिका फूलहरु फकृय
सयपत्री,मखमली, लाहुरे ,लालुपाते ,सुनाखरी,पारीजात,कुखुरे,गुथे
यस्तै अरु पनि
आहा ! मीठो सुवास छरे
भवँराहरु भुन्भुन गर्दै गाउन नाच्न थाले
फूलहरु फकृएर झुल्नु झुले
सिर्सिरे हावाले थरीथरीका वासना वरपर पुर्याइदियो
तर
एउटा गुलाव फक्रनै सकेन।

काँडाहरुको विच वाट बाहिर निस्कनै सकेन गुलाव
वोटमा
टुसा,मुनाहरु पलाए
झाङि्गए हाँगाहरु
पात फेरिए
जराहरु कहाँ कहाँ पगेनन र !
पात संगै कयौं वसन्त फेरिए
विडम्वना गुलाव फक्रनै सकेन ।

फेरि
एउटा भवँरा वागकै एक छेउवाट
आफ्नो वाल्यकालदेखी
त्यहि गुलाव फक्रने झिनो आशमा
मायावी मुटु लाई
इच्छा र चाहनाहरुको कसीले कसेर
वडाे प्रेमपुर्वक नियालिरह्यो
उस्का आँखाहरु चिम्लेकै छैनन्
हजार फूलको मतलवै छैन
न अरु कुनै वासनाको ।

गुलाव फक्रनै सकेन
फूल्नै सकेन

भवँरा अन्य फूलहरुमा डुल्नै सकेन
अन्त भूल्नै सकेन
फूल लाई फक्रीने कति चाहाना हुँदो हो
भवराको चुम्ने कति बाहाना रुँदो हो
तर
पृथक प्रेम गरिनै रहे
तिनीहरु प्रेमी प्रेमीका थिए
यो कस्तो प्रेम ।
एन पी घायल
फलेवास पर्वत।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !