Sorry, that menu does not exist.
 

भारी बर्षातका कारण मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड तथा बुर्तिवाङ-ढोरपाटन सडक अबरुद्ध !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ जेठ २१ । आज दिउँसो परेको भारी बर्षातका कारण विभिन्न सडक खण्ड पहिरोले अवरुद्ध बनाएको छ । जिल्लाको निसीखोला गाउँपालिका अनर््तगत पर्ने मध्यपहाडी लोकमार्गमा पहिरो झर्दा लोकमार्ग अवरुद्ध बनेको छ ।

निसीखोला गाउँपालिका २ अन्तर्गत जुग्जाखोला नजिकै माथिदेखि झरेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध बनेको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले ईबागलुङलाई बताए । त्यसैगरी ढोरपाटन नगरपालिका ५ अन्तर्गत मस्ति क्षेत्रबाट झरेको लेदो सहितको भलका कारण बुर्तिबाङ ढोरपाटन सडक खण्ड अवरुद्ध बनेको छ । अन्य क्षेत्रमा ठाडो खोलाबाट आएको बाढीका कारण सडक अवरुद्ध बनेको छ ।
वर्षा र पहिरोले मध्यपहाडी लोकमार्गको बुर्तिवाङ बागलुङ खण्डको ठाउँठाउँमा पहिरो गएर सडकमा समस्या आएको समाचार प्राप्त भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment