रामप्रसाद घिमिरे, बागलुङ २०७७ जेठ २२ । बागलुङ जिल्लाको निसीखोला गाउपालिका, बडीगाड गाउपालिका र गल्कोट नगरपालिकाका क्वारेन्टाईनमा रहेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालय रामघाट पोखराबाट आज जारी विज्ञप्तिमा निसीखोलाकी वर्ष ३३ की एक महिला र वर्ष २२ र २९ दुई पुरुष गरी ३ जना बडीगाड गाउपालिकाका उमेर १६, २०, २१ र २५ का ४जना, यसैगरी गल्कोट नगरपालिकाका वर्ष २०, २२, र २३ का तीन जना पुरुषमा कोरोना संक्रमण पष्टि भएको हो ।
यस अघी बागलुङ जिल्लाको तमानखोलाका ४ जना र बडीगाड गाउपालिकाका २ जनामा कोरोना संक्रमण देखिएपछी उनिहरुको धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा राखी उपचार भैरेको छ ।
उता पर्वत जिल्लाका फलेवास नगरपालिकािमा २१ वर्ष उमेरका २ जना पुरुष र बिहादी गाउपालिकाका वर्ष २४ र २८ का २ जना पुरुषमा कोरोन संक्रमण देखिएको छ भने म्याग्दी जिल्लाको मंगला गाउपालिकाका वर्ष १९ का एक पुरुषको रिपोर्ट पोजेटिव आएको छ ।