सोम शर्मा, बागलुङ २०७७ जेठ २२ । आज कोरोना संक्रमण पुष्टि भएका बागलुङ जिल्लाका दशै जनालाई धौलागिरी अस्पतालमा राखिने भएको छ । अस्पतालमा आईसोलेसन कक्षको अभाव भएपनि बेड थपेर व्यवस्थापन गरिने भएको हो । अस्पतालमा १२ आईसोलेसन कक्ष छन् र त्यस्मा ६ जना संक्रमित पहिले नै उपचाररत रहेका छन् ।
अस्पतालका मेसु डा शैलेन्द्र बिक पोखरेलका अनुसार बडीगाडका चार जना संक्रमितलाई अस्पताल ल्याई पुयाईएको र निसीखोला र गल्कोटका संक्रमितहरु पनि अस्पताल ल्याईदै गरेको जानकारी दिए ।
3 Comments