Sorry, that menu does not exist.
 

कहिलेकाही सम्झिएर मन रुन सक्छ

जिन्दगीमा कुन नाश चलेको छ थाहा पाउने कसरी हो।
थाहा पाएपछि यही हो भन्नी टुंगो लाउने कसरी हो।
हिजो पनि भनेको हो कान्छी आज पनि भन्दै छु
बिश्वास नगरेसी तिमीले खुसियाली छाउने कसरी हो।
*
म भन्दैछु नाता जोडेर फेरि तोडन नपरोस।
२-४ बोत्तल रक्सी पिएर बेहोसीमा बोल्न नपरोस।
सफलता को लागि संघर्ष त गर्नै पर्छ हेर यहाँ
जिन्दगीमा बिनासिद्दी जोखिम मोल्न नपरोस।
*
तिम्रो मेरो आखिर प्रश्न उही हुन सक्छ।
जबाफ दिदा कसैको मन छुन सक्छ
जिन्दगीमा सोच्नु पर्छ धेरै कुरा सानू
कहिलेकाही सम्झिएर मन रुन सक्छ।

सागर खत्री प्रकाश
ताराखोला गा.पा ३ बाग्लुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !