छविलाल पाण्डे, बुर्तिवाङ २०७७ जेठ २३ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य सँस्थामा कोभिड १९ सँक्रमित विरामीलाई राख्नका निम्ती आइसोलेशन निर्माण तथा स्वास्थ्य सँस्थाको स्तरोन्नतीका निम्ती पश्चिम बागलुङका चिकित्सकहरुको सक्रियता बढेको छ ।
पछिल्लो समय यसक्षेत्रमा कोरोना सँक्रमितको खँख्या बढ्दै जाँदा बागलुङ सदरमुकाम पठाउनु पर्ने बाध्यता र उनिहरुको स्वास्थ्य हेरचाहलाई मध्यनजर राख्दै बुर्तिबाङमा चार पालिकाको सँयुक्त प्रयासमा आइसोलेशन वेड निर्माण गर्ने तयारी सँगै दीर्घकालीन रुपमा स्वास्थ्य सँस्थालाई स्तरोन्नती गरी जिल्लास्तरको अस्पत्ताल बनाउने अभियान स्वरुप चिकित्सकहरु अभियानमा उत्रिएका हुन् ।
पश्चिम बागलुङका चार पालिकाका प्रमुख सहित यसक्षेत्रका राजनैतिक दल, चिकित्सक ,समाजसेवी, बुद्धिजिवी पत्रकार लगाएतको सक्रियतामा यो अभियानलाई अगाडी बढाउने अभिप्राय स्वरुप आफुहरुले अभियान अगाडी बढाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले बताए ।
आज चारवटै पालिकाका स्वास्थ्य सँयोजक, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितीको पदाधिकारी, पत्रकार, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धनप्राद पोखरेल लगाएतको उपस्थितीमा आयोजित कार्यक्रमका अवसरमा अवको रणनीतिका विषयमा छलफल एवम धारणा प्रस्तुत गरिएको हो ।
उक्त अवसरमा १५ दिनभित्र सम्पन्न गर्ने गरी १२ वेडको आइसोलेसन कक्ष निर्माण गर्ने गरी आवश्यक काम भइरहेको जनाइएको छ । उक्त अभियानमा ढोरपाटन नगरपालिकाव्दारा ४ लाख, निसीखोला, तमानखोला र वडिगाड गाउँपालिकाद्धारा २÷२ लाख रुपैयाँ उपलब्ध गराउने सामुहिक प्रतिबद्धता समेत भइसकेको छ ।
त्यसैगरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको दीर्घकालीन व्यवस्थापन र स्तरोन्नतीका निम्ती चारवटै पालिकाका प्रमुख सँरक्षक र राजनैतिक दलका २÷२ जना प्रतिनिधी सल्लाहकार सक्रिय रुपमा काम गर्ने एक कार्यसमितीको गठन गरेर अगाडी बढ्ने निर्णय भएको छ ।
आजको बैठक अनुसार तत्कालै छलफल गरेर सबैको सहभागितामा यो अभियानमा जुट्ने निर्णय भएको डा. मल्लले बताए ।
बागलुङ पश्चिम क्षेत्रका जनतालाई निरन्तर स्वास्थ्य समस्याका कारण विभिन्न स्थानमा पुग्नुपर्ने बाध्यताको केहि हदसम्म अन्त्य गर्नका निम्ती स्वास्थ्य सँस्थाको आन्तरिक भौतिक सँरचना र दक्ष जनशक्ति भित्राउने वातावरणका निम्ती पहल गर्दे स्थानिय सहयोगी दातासँग अनुरोध गर्दै स्थानिय तह, प्रदेश र केन्द्रसरकार समक्ष थप बजेटको निम्ती पहल गर्ने गरी अभियान चलाउनु पर्ने निश्कर्ष निकालिएको छ ।
पश्चिम बागलुङका जनताले सेवा लिँदै आइरहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एम्वुलेन्स, भेन्टीलेटर देखि धेरै विषयको अभाब रहेका कारण सबैको अपनत्व रहने गरी एकजुट भएर स्वास्थ्य क्षेत्रको सुधारमा जुट्न सके सबैको निम्ती फाइदाको विषय भएका कारण सबैसँग समन्वय गरेर आफुहरु अगाडी बद्ने उदेश्य लिइएको डा. मल्लको भनाई छ ।
कोभिड १९ का कारण अव स्थानिय तह र स्व्यं नागरिक चनाखो बनेर अगाडी बढ्नुपर्ने समय आएको बताउँदै यस्तो विपदको घडीमा सबै एकजुट बनेमा मात्र कोरोना भाइरसलाई परास्त पार्न सकिने बताउँदै स्वास्थ्य क्षेत्रमा सबैको उत्तिकै साथ आवस्यक रहीेको बडगाड गाउँपालिका स्वास्थ्य संयोजक चुडामणि कँडेलले बताए ।
पछिल्लो समस्य कोरोना रोकथाम र त्यसको व्यवस्थापनमा थुप्रै चुनौती थपिएको र राज्यले समेत त्यसतर्फ ध्यान नदिएका कारण स्थानिय तहलाई चुनौति रहेका कारण सबैको सहकार्य आवश्यक रहेको निसीखोला गाउँपालिका स्वास्थ्य संयोजक टोपबहादुर चन्दले बताए ।
यस क्षेत्रमा कोरोना सँक्रमणलाई जटिल अवस्थामा पुग्नबाट बचाउनका निम्ती सबै एकजुट हुनुपर्ने र कोरोना सँक्रमित नागरिकलाई जिल्ला पुर्याउनु पर्ने वाध्यताको अन्त्य गर्नका निम्ती गरिएको आइसोलेसन वार्ड निर्माण अति सकारात्मक विषय भएको बताउँदै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको स्तरीकणमा सबैको अपनत्व हुनुपर्ने तमानखोला गाउँपालिका स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालले बताए ।
कार्यक्रम फेयर मेड बागलुङका कार्यक्रम अधिकृत गणेश वरुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।
कोरोना संक्रमितको उपचार अब बुर्तिवाङ स्वास्थ्य केन्द्रमा : १२ आइसोलेसन कक्ष निर्माण गरिने !