मन्दिप निउरे, ताराखोला २०७७ जेठ २४ । आज कोराना संक्रमण पुुष्टि भएका ताराखोला गाउपालिका वडा नं ३ पधेराखोलाका ३९ वर्षिय पुरुषलाई उपचारका लागी धौलागिरी अस्पताल बागलुङ लगिएको गाउपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिएका छन् । संक्रमित व्यक्ति भारतको कलकत्ताबाट १२ दिन पाहिले घर आएर हिल स्वास्थ्य चौकीको क्वारेन्टाईनमा बस्दै आएका थिए ।
भारतबाट आएका ७ जना व्यक्तिहरुको पीसीआर परीक्षण गर्दा उनि एक जनाको मात्र रिपोर्ट पोजेटिव आएको गाउपालिकाका स्वास्थ्य उप संयोजक दिपक खडकाले जानकारी दिए ।
तस्वीर- हिल स्वास्थ्य चौकी